शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बागलुङको बलेवा र मनाङ लगायतका आन्तरिक विमानस्थलमा ‘सहासिक खेल’

बागलुङको बलेवा र मनाङ लगायतका आन्तरिक विमानस्थलमा ‘सहासिक खेल’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८१, मंगलबार

पोखरा / सरकारले पुराना र सञ्चालनमा नआएका बागलुङ र मनाङ लगायतका बन्द आन्तरिक विमानस्थललाई सहासिक खेलको लागि प्रयोगमा ल्याउने भएको छ।

सञ्चालनमा नरहेका बागलुङको बलेवा, मनाङ, मनिडाडा, रूम्जाछार, वैतडी लगायतका आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाङडिङ, स्काइडाइभिङ लगायतका स्थलको रुपमा विकास गरिने भएको हो।

मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताएका हुन्।

त्यस्तै, भरतपुर विमानस्थल विस्तारको कार्य आगामी वर्ष सम्पन्न गरिने भएको छ। यसको लागि ३६ करोड विनियोजन गरिएको छ।

रोल्पाको बडाचौर, दाङको चरी गाँउ, जुम्ला, विराटनगर, धनगढी, सुर्खेतको विमानस्थल र नेपालगञ्जको विमानस्थल स्तरोन्नति गरिने समेत सरकारी योजना छ।सरकारले नागरिक उड्डयन पूर्वाधारको लागि ३ अर्ब ७७ करोड विनियोजन र पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड रकम विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->