आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

वास्तु तथा अन्य सिर्जनात्मक बहुआयामिक फोटोग्राफीबाट प्रेम पुरस्कृत

वास्तु तथा अन्य सिर्जनात्मक बहुआयामिक फोटोग्राफीबाट प्रेम पुरस्कृत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८१, बुधबार

पाेखरा / फोटो पत्रकार प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पुरस्कृत गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पुरस्कृत गरे ।

प्रतिष्ठानद्वारा आयोजित वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का लागि छनोट भइ वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत फोटोग्राफी विधामा उनी बगमती प्रदेशबाट नगद ३० हजारसहित पुरस्कृत भएका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->