पोखरा / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ ।
तर, नेपाल सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले ‘हरित कर’ लागु गरेकाले त्यसैअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।





