सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

२६ दिनपछि मै मुख्यमन्त्री बन्छु : अधिकारी

२६ दिनपछि मै मुख्यमन्त्री बन्छु : अधिकारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०८१, सोमबार

पोखरा/ सुटिङ संघ गण्डकीले शनिबार पदस्थापना तथा शुभकामना आदान प्रदान गरेको छ । गण्डकी प्रदेश सुटिङ संघको गठनसँगै कार्यसमितिमा निर्वाचित भएकाहरुको पदस्थापना गराएको हो । मोतीराम गुरुङको अध्यक्षतामा संघको निर्वाचन १४ जेठमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा दलराज पुन र लोक श्रेष्ठ, महासचिवमा पुरन कुँवर, सचिवमा विज्ञान्त श्रेष्ठ, कोषाध्यक्षमा बुद्ध गुरुङ सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै संघको सदस्यहरुमा विजय कार्की, ऋषिकेश शर्मा पौडेल, खम्बा गुरुङ, प्रश्नसिंह ठकुरी, डविन गुरुङ, माया बस्नेत, आरसि राज भण्डारी, चीनबहादुर थापा, सुर्यबहादुर थापा र विवश क्षेत्री (काजी) रहेका छन् । संघले एक सदस्य मनोनित गरेको थियो ।

गण्डकी प्रदेश शुटिङ संघको प्रथम अधिवेशन पदस्थापना तथा शुभकामना कार्यक्रमको सम्बोधन गर्दै गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी उत्पादनमा जोड दिँदै अर्जुनदृष्टिका साथ सुटिङ खेलको विकास गर्न आग्रह गरे । उनले गाउँगाउँमा खेलको विकास र विस्तार गर्न सबै एक भइ अघिबढ्नुपर्नेमा जोड दिए ।

सोही क्रममा उनले आफु पुनः मुख्यमन्त्री हुने जिकिरसमेत गरे । अब २६ दिनपछि आफू नै मुख्यमन्त्री हुने उनको दाबी छ । उनले सुरेन्द्रराज पाण्डेले अदालत सुटकेश लिएर गएर आदेश ल्याएको आरोपसमेत लगाए । २६ दिनपश्चात आफ्नो नेतृत्वमा सरकार बन्ने भन्दै उनले मुख्यमन्त्री पाण्डेले विश्वासको मत नपाउने दाबी गरे ।

सुटिङ संघका सल्लाहकार राजेशकुमार गुरूङले रंगशालामा भौतिक संरचनामा विशेष ध्यान दिन आग्रह गर्दै सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न माग गरे । सुटिङ नेपालको ओलम्पिकमा सम्भावना भएको खेल भएकाले यो खेलको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।

ओेलम्पियन तथा सुटिङ संघकी केन्द्रिय उपाध्यक्ष्ँ भगवती केसी खत्रीले शुटिङ खेलको प्रवद्र्धन गर्न आवश्यक भएको बताइन् । उनले सुटिङ खेलको विकास हुन सके नेपाललाई यसले विश्वजगतमा उत्कृष्ट नतिजा दिनेमा आफु आशावादी रहेको सुनाइन् । २४ वर्षअघि आफु ओलम्पिक खेलेको सुनाउँदै उनले अहिले गण्डकी प्रदेश र बागलुङ जिल्लाले सम्मान गर्दै ओलम्पिक खेलाडीका लागि मासिक पाँच÷पाँच हजार रुपैयाँ भत्ता प्रदान गरेको सुनाइन् ।

क्रिकेटका उदीयमान खेलाडी अर्जुन कुमालले आफ्नो खेल यात्रा सुनाउँदै १३ वर्षको उमेरदेखी क्रिकेट सुरु गरेको बताए ।
नेपाल प्रहरीका डिआईजी दुर्गा सिंहले कर्मनिष्ट भइ खेल्न आग्रह गरिन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहदुर क्षेत्रीले ओलम्पिकमा पुग्नु खेलाडीका लागि ठूलो सपना रहेको बताए ।

संघका नवनिर्वाचित अध्यक्ष मोतीराम गुरूङले पोखरा रंगशालामा सुटिङका लागि जग्गा रहेको र त्यसको संरक्षण पहिलो काम रहेको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->