पोखरा/सुजल डेरी प्रालिले आफ्ना दुग्धजन्य उत्पादनहरु एउटै प्याकेटमा उपलब्ध गराएको छ । कम्पनीले सफलका उत्पादनहरु घ्यू, बटर नौनी र पनिरलाई एउटै बण्डल ( सफल कुजिन लाइन) मा उपलब्ध गराएको हो ।
‘सफल कुजिन लाइन’ले घरायसी तथा होटल/रेष्टुरेण्टमा गुणस्तरहीन दुग्धजन्य पदार्थ उपयोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने कम्पनीको जिकिर छ । ‘सफल कुजिन लाइनले दुग्धजन्य पदार्थको मिश्रणमा बनाइने विभिन्न परिकार गुणस्तरीय र स्वादिष्ट बनाउनुका साथै ब्रान्डको छनोट, मूल्य अनि गुणस्तरमा दुक्क हुने अवस्था सिर्जना गरेको छ,’ कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
अहिले पनि सफलका दुग्धजन्य उत्पादनहरु सर्वोत्कृष्ट सेफहरुले प्रयोग गर्दै आइरहेका र आउँदा दिनमा हुने प्रयोगले ‘सफलमै छ असली स्वाद’ सन्देशलाई अझ व्यापक बनाउने पनि कम्पनीको विश्वास छ ।
सफल कुजिन लाइन सुपरमार्केट, मार्ट तथा नजिकको पसलबाट पनि खरिद गर्न सकिने छ । आइएसओ २२०००ः२०१८ प्रमाणित कम्पनी, सुजल डेरी प्रालिका यी उत्पादनहरु उच्चतम गुणस्तर तथा सुरक्षाको मापदण्ड अनुरुप रहेका छन् ।





