बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गाँजा उत्पादन खुला गर्न महिनाभित्रै नियमावली बनाउँने गृहमन्त्री लामिछानेको घोषणा

गाँजा उत्पादन खुला गर्न महिनाभित्रै नियमावली बनाउँने गृहमन्त्री लामिछानेको घोषणा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८१, शुक्रबार

पोखरा / गृहमन्त्री रवि लामिछानेले औषधि, रिसर्च र उद्योगजन्य प्रयोगका लागि गाँजा उत्पादन सहज गर्न एक महिनाभित्र नियमावली बनाउने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उनले भने, ‘छलफल र आवश्यकताका बारेमा पर्याप्त अध्ययन र अनुसन्धान भएको परिपेक्षमा अब हामीले दुविधा राख्नुपर्ने अवस्था मैले देखेको छैन, एक महिना भित्रै हामी नियमावली बनाउँछौँ ।’

कानुनमा पनि लेखिएको भन्दै उनले नियमावली बनाएर रिसर्च तत्काल हुने बताए । यसरी अध्ययनका लागि स्वीकृति दिएको विषयमा गृह मन्त्रालयले बाधा नपुर्‍याउने उनको भनाइ छ ।  अध्ययन अनुसन्धान गर्ने कुरामा गृह मन्त्रालयले नियमावली बनाएर बाटो खोल्ने पनि मन्त्री लामिछानेले बताए । वन मन्त्रालयसँग अलिकति समन्वय आवश्यक पर्ने उनको भनाइ छ । सरकारले नै नीति तथा कार्यक्रममा ल्याएको कुरालाई मन्त्रालयले सहजीकरण गर्ने मन्त्री लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->