पोखरा/ठकुरी महिला परिवारका सदस्य हरूलाई पोखरामा उद्घोषण तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ ।
पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित संगम ठकुरी परिवारको सभाहलमा आयोजित तालिममा ठकुरी महिला परिवारमा आवद्ध ४० जना महिलाको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको क्षमता अभिवृद्धिको लागि जीवनोपयोगी तालिम सञ्चालन गरेको बताउँदै तालिमले बोल्ने कला, कार्यक्रम संचालनदेखि नेतृत्व विकासमा सहयोग पुग्ने बताइन् ।
तालिमका प्रशिक्षक एवं पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेयले तालिमले आत्मविश्वाससँगै क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने धारणा राखे ।
ठकुरी महिला परिवारका अध्यक्ष सरस्वती हमालले एक दिनको तालिममा पनि आफूहरूले धेरै कुरा सिक्न पाएको भन्दै सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरिन् ।





