मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मध्यावधि टार्न र प्रदेश सभा जोगाउन मत दिए: देवकोटा

मध्यावधि टार्न र प्रदेश सभा जोगाउन मत दिए: देवकोटा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८१, सोमबार

पोखरा / नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मध्यावधि टार्न र प्रदेश सभा जोगाउन मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् । प्रदेश सभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देवकोटाले प्रदेश सभालाई बचाउन पार्टीको निर्णय अनुसार विश्वासको मत दिएको बताए ।

१५र१६ महिनामै चार पटकसम्म सरकार फेरबदल भएपछि गण्डकी प्रदेश सभा रहने कि नरहने भन्ने चुनौती आफूले देखेको उनले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेश सभामा विश्वासको मत लिँदा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका देवकोटाले फ्लोर क्रस गरेका थिए । देवकोटाको मतसँगै मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->