शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

थोराङ्ला पार गर्दा लेक लागेर एक पदयात्रीको मृत्यु

थोराङ्ला पार गर्दा लेक लागेर एक पदयात्रीको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८१, बिहिबार

मनाङ / जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका-८ स्थित थोराङ्ला पार गर्ने क्रममा लेक लागेर एक पदयात्रीको मृत्यु भएको छ।

धादिङको गंगाजमुना गाउँपालिका-५, फूलखर्कका हरि अधिकारीको थोराङ्ला पार गर्ने क्रममा बुधबार ज्यान गएको मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए।

अन्नपूर्ण पदमार्ग अन्तर्गतको ५ हजार ४१६ मिटर उचाइमा अवस्थित थोराङ्ला पार गर्ने क्रममा अधिकारीलाई लेक लागेको थियो।

प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार उनी पदयात्राका क्रममा बिरामी परेका थिए। थोराङ्लामा मृत्यु भएका अधिकारीको शव हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको प्रजिअ लामिछानेले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->