बागलुङ/मुस्ताङको घरपझोङ गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ कालागि ३१ करोड १८ लाख ७६ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष जमुना थापा मगरले सार्वजनिक गरेको बजेटमा चालुतर्फ १७ करोड २८ लाख र पूजिगत तर्फ १३ करोड ९० लाख बिनियोजन गरिएको हो ।
पालिकाले आन्तरिक श्रोतबाट १ करोड १७ लाख ७० हजार, संघिय समानिकरणबाट ६ करोड ९६ लाख र प्रदेशबाट ६६ लाख तथा सशर्त अनुदानमा ९ करोड ८३ लाख आउने अनुमान गरेको छ । राजश्व बाँडफाँडबाटपनि ४ करोड५६ लाख आउने अनुमान सहित ठिनीमा स्याउग्राम निर्माण गर्न ७० लाख, कालीगण्डकी नदी नियन्त्रणमा ६० लाख, खेल मैदानकालागि ४० लाख खर्चको अनुमान सहित बजेट बिनियोजन गरेको छ ।
बिपद व्यवस्थापन कोषमा १३ लाख बालकोष तथा छात्रवृत्तिकालागि १० लाख, वडा स्तरीय योजनामा १७ लाख, जनतासँग साझेदारी कार्यक्रममा १५ लाख बिनियोजन गरिएको हो ।गौरवको आयोजनाको रुपमा जोमसोम बजारमा मातृचक्र कृषि उद्यान निर्माण गर्न ५० लाख, मुक्तिनाथ अन्नदान अथिति भवन बनाउन ९० लाख बजेट छ । बालमैत्री पालिका बनाउन दिवाखाजाकालागि ५ लाख बजेट बिनियोजन भएको छ ।
सरसफाइ अन्र्तगत प्लाष्टिक मुक्त, सिसाधा बोतल सफाइ लगायतको कार्यक्रम पनि ल्याएको छ । पशु बिकासतर्फ च्याङग्रा प्रवद्र्धन कार्यक्रम समेत समावेश छ । स्वास्थ्य सेवा, एम्बुलेन्स संचालन, सामाजिक सुरक्षा कार्यक्रम, पर्यटन सूचना केन्द्र संचालन जस्ता कार्यक्रमकालागि पनि पालिकाले बजेट बिनियोजन गरेको हो ।





