काठमाडौं/नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने र संसदमा विश्वासको मत लिने निर्णय गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समिकरणका लागि सोमबार मध्यरातमा सहमति बनेपछि बालुवाटारमा मंगलबार बिहान बसेको माओवादी केन्द्रका पदाधिकारी बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।





