आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मोटरसाइकल दुर्घटनामा रसियन नागरिक घाइते

मोटरसाइकल दुर्घटनामा रसियन नागरिक घाइते


  • ढोरपाटन संवाददाता
  • असार २१ २०८१, बिहिबार

पोखरा/ पोखरा–८ नागढुंगा, फेवासिटी चोकमा मोटरसाइकल दुर्घटनामा एक रसियन नागरिक घाइते भएका छन । उनको चरक अस्पतालमा उपचार भइरहेको छ । रसियन नागरिक भन्नेमात्र खुले पनि नाम भने नखुलेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । शर्माका अनुसार उनको पासपोर्टको खोजी भइरहेको छ ।

विहीबार बिहान ७ बजेको समयमा तीब्र गतिमा कुँदेको बा ९० प ५८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको ढलको स्ल्यावमा ठोक्किदै सौन्दर्यका लागि बनाइएको चौपारीमा आई बजारिएको थियो । मोटरसाइकलको ठक्करबाट चौपारी पूर्णरुपमा भत्किएको छ । मोटरसाइकल पनि क्षतबिक्षत भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->