शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एस्‌इइ २०८० मा सामुदायिक विद्यालयतर्फ अब्बल माछापुच्छ्रे माध्यमिक विद्यालय

एस्‌इइ २०८० मा सामुदायिक विद्यालयतर्फ अब्बल माछापुच्छ्रे माध्यमिक विद्यालय


  • ढोरपाटन संवाददाता
  • असार २१ २०८१, बिहिबार

पोखरा/ एस्‌इइ २०८० को नतिजा अनुसार कास्की जिल्लाभरका सामुदायिक विद्यालयहरूमा औसत ५० जना भन्दा धेरै सहभागीले परीक्षा दिएर नतिजा उत्कृष्ट गर्नेको अग्र स्थानमा माछापुच्छ्रे गाउँपालिक स्थित माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङ्‌खोला, कास्की रहेको छ। एस्‌इइ २०८० मा जम्मा ७९ विद्यार्थीले सहभागिता जनाएको त्यस विद्यालयका ७५ विद्यार्थीले उत्तीर्ण गर्दै गर्दा ९४.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो ।

कास्कीका चारवटा गाउँपालिका मध्येको एकमात्र ५० जना भन्दा धेरै विद्यार्थी सहभागिता जनाउने उक्त विद्यालयमा नेपालका करिब ३२ जिल्लाका विद्यार्थी अध्ययनरत छन् । २४ प्रतिशत दलित तथा ५४ प्रतिशत जनजाति अध्ययन गर्ने उक्त विद्यालय जिल्लाका लागि मात्र नभई नेपाल भरका विद्यालयहरूका लागि असल अभ्यास आदानप्रदानको उत्कृष्ट गन्तव्यको रुपमा पनि परिचित छ ।

त्यस्तै ८१ विद्यार्थी सहभागी भएर ७६ जना अर्थात ९३.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै बिन्ध्यवासिनी माध्यमिक विद्यालय, पोखरा– १६, बाटुलेचौर द्वितीय स्थानमा परेको छ । यो विद्यालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मूल्याङ्कनमा उच्च अङ्क प्राप्त गर्दै मुलुक भरमा नै प्रथम स्थान हासिल गरेको विद्यालय हो। सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा अब्बल रहेको विद्यालयले भौतिक पूर्वाधारको कमीले गर्दा भर्ना हुन आउने सबैलाई भर्ना नगरी उपलब्ध कोटापूर्तिका लागि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने गरेको छ ।

त्यस्तै तृतीय स्थानमा भने ९९ विद्यार्थी सहभागिता गराउँदै पोखरा नदीपुरको बालमन्दिर माध्यमिक विद्यालय ८५ जना विद्यार्थी उत्तीर्ण गराएर ८५.८६ प्रतिशत सहित तेस्रो स्थानमा विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । भौतिक पूर्वाधारको अभावमा बालमन्दिर माध्यमिक विद्यालयले पनि आवेदक सबै विद्यार्थीलाई भर्ना लिन नसकिने कारण देखाउँदै प्रवेश परीक्षा लिएर सीमित कोटामा विद्यार्थी भर्ना गर्ने गरेको छ । त्यस्तै १ सय ६१ जना विद्यार्थी सहभागी गराउँदै १४४ जना विद्यार्थी उत्तीर्ण गराएको छोरेपाटन माध्यमिक विद्यालय ८३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर चौंथो स्थान प्राप्त गर्न सफल भएको छ ।

त्यस्तै ७९.४४ प्रतिशतसहित अमरसिंह माध्यमिक विद्यालय पाँचौं, ६८.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै त्रिभुवन शान्ति माध्यमिक विद्यालय छैठौं, ६७.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै शीतलादेवी माध्यमिक विद्यालय सातौं, ६५.४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै ब्रम्हरुपा माध्यमिक विद्यालय, राजाको चौतारा आठौं, ६४.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै भविष्य निर्माण माध्यमिक विद्यालय, कृष्ती नवौं स्थान र ६४.१२ प्रतिशत उत्तीर्ण विद्यार्थीसँगै जनप्रिय मावि दशौं स्थानमा परेको छ । समग्र कास्की जिल्लाको उत्तीर्ण प्रतिशत भने ५५ प्रतिशत रहेको छ । गण्डकी प्रदेशमा ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->