काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।
संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । एमालेका तर्फबाट सहभागी मन्त्रीहरुले राजीनामा गरिसकेका छन । सरकारलाई दिएको समर्थन फिर्ता गरेको संसद सचिवालयलाई एमालेले औपचारिकरुपमा जानकारीसमेत गराइसकेको छ ।





