पोखरा / यो वर्षको मनसुनी सिजनमा आजबाट अति भारी वर्षा सुरु भएको छ । यो वर्ष मनसुन सुरु भएपछि अति भारी वर्षा सुरु भएको आज पहिलो दिन हो ।
यसअघि शुक्रबारसम्म धेरै भारी वर्षा मात्र भएको थियो । ‘यो वर्ष आजबाट अति भारी वर्षा सुरु भएको हो । हामीले विशेष बुलेटिनमा उल्लेख गरेका थियौँ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘तर दैनिक बुलेटिनमा अति भारी वर्षाको पूर्वानुमान आज पहिलो पटक हो ।’
२४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने अति भारी वर्षा हुने मौसमविद् मानन्धरको भनाइ छ । उनका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
यसैविच, जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको हो।
थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाका नदी किनारको सडकबाट यात्रा गर्ने, बस्नेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
पछिल्लो समयमा अर्घाखाचीँको सन्धिखर्क, गुल्मीको बडिगाड, स्याङजाको मालुङ्गा बर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ।
यसैगरी, तिनाउ नदी,पश्चिम राप्ती,डुम्रे खोला,बडिगाड,बबई लगायत अन्य नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ। पाल्पा जिल्लाको कुमलगाउँ,गण्डाकोट,जल्पा,अर्चले, बल्ड्याङ्गढी र आसपास मध्यम(भारी वर्षा मापन रहेको उल्लेख छ।
मौसम विभागका अनुसार सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।





