पोखरा/चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यूू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा हल क्यूफएक्स र मिडटाउनमा राखिएको रिभ्यूू बक्स खोलिएको हो । दुवै सिनेमा हलमा आएका दर्शक प्रतिक्रियालाई हेरेर लक्की ड्र मार्फत् ८ जना विजेताको घोषणा गरिएको छ ।
विजेतालाई सिनेमा हलको तर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालकोतर्फबाट बन्जीको व्यवस्था मिलाइएको छ ।
संघका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।





