बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेनीमा औषधी पसलको अनुगमन, कमजोरी सुधार्न निर्देशन

बेनीमा औषधी पसलको अनुगमन, कमजोरी सुधार्न निर्देशन


  • हरिकृष्ण गौतम
  • असार २७ २०८१, बुधबार

म्याग्दी/ सदरमुकाम बेनीबजारमा सञ्चालित औषधी पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५ औषधी पसलमा अनुगमन गरिएको हो । औषधी पसललाई नियम अनुसार सञ्चालन गर्ने गरी सुरू गरिएको अनुगमनको पहिलो चरणमा सबै पसलहरु दर्ता र नवीकरण गरेको तथा म्याद गुज्रिएका औषधीहरुलाई छुट्टै व्यवस्थापन गरिएको भएपनि केहीको ल्याब मापदण्ड अनुसार नभएको, डेन्टलमा बिरामी चेकजाँच गर्ने कोठा साँधुरो, फोहोर भेटिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले बताए ।

बुधबधार निलगिरी मेडिसिन सेन्टर, न्यु युगल फार्मेसी, पाण्डे मेडिकल हल, ढकाल मेडिकल हल, बेनी सञ्जीविनी हेल्थ क्लिनिकमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा बेनी अस्पतालका डाक्टर रामु सापकोटाले औषधी बिक्रेताहरुले डाक्टरको प्रेसक्रिप्सनमा औषधि वितरण गर्नुपर्ने, प्रयोगकर्ताले औषधिको दुरुपयोग गर्नसक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए ।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालयका प्रतिनिधि, ल्याब, फार्मेसीका प्रतिनिधि, प्रहरी, प्रशासन र घरेलु तथा साना उद्योग कार्यालय लगायतको उपस्थिती रहेको थियो । बेनीबजारमा औषधि पसलको अनुगमनलाई निरन्तरता दिने स्वास्थ्य कार्यालयले जनाएको छ । विगतमा अनुगमनमा दिइएको निर्देशन समेत कार्यान्वयन नगरेको अवस्थामा भेटिएकालाई सुध्रिन १५ दिनको समय दिइएको छ भने बिरामीको चेकजाँच गर्ने, ल्याबको संरचना परिवर्तन गरी सेवा सञ्चालन गर्ने गरी १ महिनासम्मको सुधारको समय समेत तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->