बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न

पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८१, बुधबार

पोखरा/  पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न भएको छ । मंगलबार पोखरा ट्रेडमलको क्युुएफएक्स सिनेमा हलमा उक्त शो भएको हो । विशेष शो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो । मेडिकल लाइनदेखि सामाजिक सेवामा आबद्ध भएका व्यक्तिहरुले उक्त सिनेमा हेरे ।

अटिजमका विषयमा उल्लेख गरिएको कथावस्तुुलाई धेरैले रुचाएका छन् । समय सान्दर्भिक सिनेमा भएको प्रतिक्रिया दर्शकको छ । अटिजम भएका बालबालिकाको परिवारलाई समाजमा हेर्ने दृष्टिकोण र परिवारमा परेको समस्यालाई सिनेमामार्फत प्रस्तुत गर्न खोजिएको छ । विशेष शोमा पोखराका दर्शकको माया पाएर निर्मात्री एवम् निर्देशक अनिता पण्डित पनि खुशी छिन् । भन्छिन्, ‘सोचे भन्दाबढी सफलता मिल्यो । झरिका बेला पनि आफ्नै सिनेमा भनेर दर्शक आउनुभयो । पोखराको राम्रो सर्पोट पाए ।’

आफु इरानी सिनेमाबाट प्रभावित भएको बताउँदै उनले समाजका समस्यालाई सिनेमा मार्फत उतार्न लागिरहने प्रतिबद्धता व्यक्त गरिन् । ‘आफैले निर्माण गरेको पहिलो सिनेमामा केही कमीकमजोरी अवश्य होलान् । जसलाई आगामी दिनमा अझ सुधार गर्नेछु । तर सिनेमा मेकिङबाट टाढा चाहिँ रहनेछैन । यसमा नै निरन्तरता हुनेछ’, उनले भनिन् । अनिता पण्डित र अशोक भुजेलको निर्देशन रहेको सिनेमाको कथा अनिताले नै लेखेकी हुन् । सिनेमामा अनितासँगै सुुरबिना कार्की, अरनाबी ढुंगाना, मौसम खड्का लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->