आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

किन खस्यो निमुखाको घरमाथि पहिरो ?

किन खस्यो निमुखाको घरमाथि पहिरो ?

कसरी भयो ठूलो मानवीय क्षति ?


  • ढोरपाटन संवाददाता
  • असार ३० २०८१, शनिबार

पोखरा/रेडक्रस तथा राजनीतिकर्मी लक्ष्मी अधिकारीले बिहीबार दिउँसोतिर नै सामाजिक सञ्जाल फेसबुकमा तस्वीर र भिडियोसहितको सन्देश पोस्ट्याइन् । पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेसँग साझा गरिएको सो पोष्टमा उनले भनेकी थिइन्,‘‘आज ( शुक्रबार) दिनभरी पोखरा वडा नम्वर १९ मा अविरल वर्षापछि भएको क्षति, त्यसले दिएको दुःख, बिपत्, जोखिमयुक्त मानवबस्तीको अवलोकन गरिएको छ । पुरून्चौर तल्लाकोट डाँडागाउँको बस्ती निकै जोखिमयुक्त छ …पुरन्चौरका ५ वटै सिंचाइ प्रणाली पहिरोका कारण पूर्ण रुपमा ध्वस्त भएका छन् । ८ वटा घर, ५ वटा कटेरा पुरिएका छनु । हजाराँै मुरी धान हुने खेत पहिरोबाट पुरिएका छन् । कतिपय बासस्थान जेखिमयुक्त हुन पुगेका छन् । राज्यको ध्यान हामीले सुनाउन,े उहाँहरुले सुन्ने मात्रमा सीमित छ । हेरौँ अझै गाउँवासीले कति नोक्सानी व्यहोर्नुपर्ने हो ?’
भयो पनि त्यस्तै ! खबरदारी गरेको केही घण्टामै उनले भनेको पोखरा १९,पुरन्चौर तल्लाकोट–डाँडागाउँमाथिको ढिस्को बगेर स्थानीय कुलबहादुर परियारको कच्ची घरमा खस्यो । खस्नु के थियो, कच्ची घरलाई क्वार्लाप्पै निल्यो । राति साढे १० बजेतिर आएको पहिरोले उनीसहित परिवारका ६ जना र उद्दारमा जुटेकी छिमेकीलाई पनि निल्यो । १७ वर्षीय छोरा पवन परियार कालको मुखबाट त फुत्के तर कालले उनलाई पनि जीवनभर भुल्न नसक्ने घाउ दिएर छाड्यो ।
अहिले गाउँ र बस्ती शोकाकुल छ । उनीहरु थक्थकाएका÷चुक्चुकाएका पनि छन् । बेलैमा प्रकृतिको संकेत बुझेको भए÷ थातथलो छाड्ने मेसो मिलाएको भए कुलबहादुरको परिवारले यो नियति भोग्नुपर्ने थिएन कि भन्ने उनीहरुको मनमा छ । वडाध्यक्ष पुष्पेन्द्र पाण्डे पनि त्यो कुरा स्वीकार्छन् । पक्की मोटरबाटोसँगै जोडिएको तल्लाकोट नयाँ बस्ती पनि हैन । त्यहाँको पाखोमा पुर्खौँदेखि १५÷२० परिवार बस्दै आएका थिए ।
‘बस्ती भिरालो त हो तर साह्रै जोखिमयुक्त थिएन, त्यो क्षेत्र टारी ( स्थायी कुलो नभएको र आकासे पानीमा भरपर्ने धानखेत) नै हो तर यसपटक विपत्ति आइलाग्यो’ उनले भने, ‘हिलो त केही दिन अघिदेखि नै भएको थियो । ठूलो पानी परेपछि तल्लाकोट लच्केर बग्यो । सँगैको पक्की घरलाई क्षतिमात्र पु¥यायो । कुलबहादुरजीको परिवार नै सखाप पा¥यो ।’ घर पक्की भएको भए ठूलो क्षति नहुने उनको आँकलन छ । तर, हुनु भइसक्यो, रातभर उद्दारमा जुटेका उनले भने, ‘जोखिमयुक्त क्षेत्रका बासिन्दालाई अन्यन्त्र बस्ने व्यवस्था मिलाउँदै छौँ ।’ उनका अनुसार घटना भएको क्षेत्रमा ३ वटा कच्ची घर रहेका छन् । पक्की घरमा पनि पानी पसेको छ ।
पोखरा महानगरकै ३२ नम्बर वडामा पर्ने चैनपुरमा बिहीबार राति १ बजे पहिरोले आरति ओझाको घरमात्र पुरेन, सुतिरहेकी १८ र ११ वर्षीया छोरीहरु अनिता र अनुष्का ओझालाई खोस्यो । सोही घरमा बस्ने आरतिका दाइका छोरा ९ वर्षीय प्रतिक सुवेदी पनि जीवित रहेनन् ।
रुपाको थुम्कीबाट बसाइँ सरेर ५ वर्षअघिमात्र ओझा पविार चैनपुर आएको हो । घरमुली भारततिर छन् । उनीहरुको नयाँ थलोको वरपर १५÷२० घर पनि छन् । तर, माथिबाट आएको पहिरो आरतिकै घरमा बजारियो । खुसी खोस्यो ।
छिमेकीको आँगनको छेउबाट पहिरो आएको छ । वरपर १५÷२० घर छन्, पहिरोले पुरेरै दुःखद घटना भएको हो’ आफन्तसमेत पर्ने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले भने, ‘वर्षाले निम्त्याएको पहिरोले क्षति गरायो ।’
पहिरोपछि अनुगमनमा गएका जिल्ला विकास समिति (जिसस) का सभापति लीलाधर पौडेलले चाहिँ यो विपत्ति निम्तिनुमा योजनाविहीन विकास पनि कारक रहेको बताए ।
‘घरको तलपट्टि पनि मोटरबाटो छ, माथिपट्टि पनि बाटो छ । बीचीमा ६० ७० मिटर ग्याप छ । त्यहाँ माटो थुप्रिएको रहेछ । वर्षाले पानी मुल फुटेपछि त्यो माटो बगाउने नै भयो, अत्यधिक वर्षा भएपछि त्यसले पहिरो निम्त्यायो र फेदीमा रहेको घर पु¥यो ।’
कास्कीकै मादी गाउँपालिका ११ मा पहिरोले एकजनाको ज्यान लियो । मादी ११, तल्लो ताप्लेमा रहेको माइतीकुमारी गुरुङको घरमाथि खसेको पहिरोले घरसँगै उनलाई पनि बगायो । राति १ बजेतिर माथिबाट कटहरको रुखसहित आएको पहिरोले उनलाई घरको ढोकामै च्याप्यो । बिहानमात्र उद्दारमा जुटेका स्थानीय र सुरक्षाकर्मीले ८० वर्षीया माइतीको शव फेला पारे । वडाध्यक्ष चलचित्र गुरुङका अनुसार घटनामा परी उनका ५५ वर्षीय छोरा ओमबहादुर गुरुङ घाइते भए ।
वडाध्यक्ष चलचित्रका अनुसार सो क्षेत्रमा अहिले मध्यपहाडी लोकमार्गको काम हुँदैछ ।
‘त्यो क्षेत्र अलिअलि पहिरो बगिराख्ने ठाउँ हो । त्यहीनेर पोहोर पनि माथिबाट घर झरेको थियो । अहिले पहिलो पनि नबगेको ठाउँमा खस्यो । रातो माटो रहेछ’ उनले भने, ‘बाटो खन्दा सो क्षेत्रमा असर परिहाल्छ । जमिन हल्लियो । ठूलो पानी परेपछि नसोचेको हो । घरमाथिको कटहरको रुख पनि झ¥यो । बाटोमाथि ३० मिटर दूरीमा रहेको घर पनि बगायो छोरा चाहिँ कुन लकले बाँच्नुभयो । पेटमा हल्का कोतारेको छ ।’ उनका अनुसार सो क्षेत्रमा रहेका १० घर नै अहिले उच्च जोखिममा छन् । त्यहाँ रहेका मानिसलाई सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको उनको भनाइ छ ।
यी प्राकृतिक विपत्तिले नित्याएको विपत्तिका उदाहरणमात्र हुन् । देशभर वर्षा,बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको छ । गण्डकी प्रदेशकै स्याङ्जा, तनहुँ, पर्वत, बागलुङ र म्याग्दीमा पनि पहिरोले मानवीय क्षति गराएको छ ।
गण्डकीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव मेघराज पौडेल ठूलो वर्षा हुनु, जलवायु परिवर्तन, प्रकृतिको अत्यधिक दोहन, पानीढलो मिचिँदा र वनको सही व्यवस्थापन नहुँदा यो समस्या निम्तिएको हो ।
‘यो वर्ष ७७÷७८ वर्षपछि नै बढी पानी प¥यो । वन व्यवस्थापनको दृष्टिकोणबाट हेर्दा घाँस दाउराको लागि वनमा जान्थ्यौँ, त्यो ट्रेन कम भएको छ । वनमा झाडी बढेसँगै हिउँदमा आगलागी भयो । आगलागीले जमिन कमजोर बनायो भने पानी छेक्ने बुट्यान पनि रहेन । जसले गर्दा पानी पर्नासाथ एकाएक बाढी आउने क्रम बढ्यो’ उनले थपे, ‘अहिले हामीले जतापायो त्यतै विकासको नाममा जमिन खोतलेका छौँ । पानीको निकास छैन । पानीढलो मासिएको छ । बाटो त बनायौँ तर पानीको निकास खोजिएन । माटोले जति सोस्न सक्छ, त्यति नै सोस्ने हो । त्यसपछि त माटो बग्ने नै भयो ।’ उनले जलवायु परिवर्तनका कारण पनि प्राकृतिक विपत्ति बढेको तर्क गरे ।
पहिरोबाट निमुखा र सीमान्तकृत वर्ग बढी पीडित भएको तथ्यलाई चाहिँ नेपालको आर्थिक असमानता, जग्गाको न्यायोचित वितरण तथा विपत् व्यवस्थापनामा भएको त्रुटिसँग पनि जोड्नुपर्ने उनको भनाइ छ । पोखराको प्रकृति नै अप्ठेरो र असुरक्षित खालको रहेको बताउँदै उनले जमिन भासिने समस्यालाई पनि नजरअन्दाज गर्न नहुने बताए । वृहत जलाधार व्यवस्थापन कार्यालय पोखराका निमित्त प्रमुख अमर अधिकारी पनि जमिनको भिरालोपनलाई ख्याल नगर्दा, पानीढलो बिगार्दा र वातावरणीय मूल्याङ्कनबिनै सडक निर्माण गर्नाले पहिरोको प्रकोप बढेको बताउँछन् ।
‘जमिनको आफ्नै इञ्जिनियरिङ हुन्छ, त्यो बिथोलिएको छ । पानीको प्राकृतिक हिँड्ने बाटोमा अवरोध आउँदा पनि पहिरोको जोखिम हुन्छ’ उनले भने ।
कति प¥यो पोखरामा पानी ?
केही दिनयता पोखरामा दिनहुँ दर्के पानी परिरहेको छ । तर, यो वर्षा आरी घोप्ट्याएजस्तो वा मुसलधारे (क्लाउड ब्रस्ट) चाहिँ नभएको जल तथा मौषम विभाग पोखराका प्रमुख सुजन सुवेदी बताउँछन् ।
पुरञ्चौर क्षेत्रकै आसपासमा पर्ने घलेखर्च केन्द्रलाई आधार मान्ने हो भने चाहिँ सन् २०२४ को जुलाइ ११ अर्थात् असार २७ गते १७५.२ मिलिलिटर पानी परेको थियो । दिउसोको जस्तै राति पनि ठूलो पानी परेपछि सो क्षेत्रमा पहिरो गएको केन्द्रको अनुमान छ । यता, पुरञ्चौरको नजिक रहेको अर्को मापन केन्द्र लामाचौरमा केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजे गरिएको मापन अनुसार २४ घण्टाभित्र सो क्षेत्रमा ९० मिलिलिटर पानी परेको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२३ को जुलाइ ३० मा सो क्षेत्रमा वर्षकै सवैभन्दा बढी २ सय मिलिलिटर पानी परेको थियो । २०२२ को जुनको २५ तारिखमा चाहिँ सो क्षेत्रमा ३ सय मिलिलिटर पानी परेको मापन भएको थियो । सन् २०२१ मा सवैभन्दा बढी पानी नोभेम्भर २ मा परेको थियो । त्यो बेला २४० मिलिलिटर पानी परेको थियो । बरु, मादी क्षेत्रमा भने यो वर्ष बढी नै पानी परिरहेको छ । मादीको पालिका मुकाम याङ्जाकोट मापन केन्द्रका अनुसार यही असार १२ गते सो क्षेत्रमा २ सय मिलिलिटर वर्षा भएको थियो । विगत ३ वर्षको तथ्याङ्क हेर्ने हो भने सो क्षेत्रमा सवैभन्दा बढी २ सय ४१.५ मिलिलिटर वर्षा भएको पाइएको छ ।
जोखिममा छ गण्डकी
राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गण्डकीका बागलुङ, पर्वत, स्याङ्जा र तनहुँ पहिरोको उच्च जोखिममा रहेका जिल्ला हुन् भने नवलपुरको पहाडी क्षेत्र पनि पहिरोको उच्च जोखिममै छ । कास्कीसहित लमजुङ, गोर्खा, मनाङ र मुस्ताङ र म्याग्दीलाई जोखिमयुक्त जिल्लामा राखिएको छ । जिल्ला विपत् व्यवस्थापन समिति कास्कीको विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० ले चाहिँ कास्कीको पोखरा महानगरपालिकामा पहिरो, तालमा डुबेर हुने मृत्यु, भूकम्प, सडक दुर्घटना, जमिन भास्सिनुलाई सम्भावित विपत्को रुपमा लिएको छ भने मादी गाउँपालिकालाई पहिरो र डढेलोको प्रकोप हुने क्षेत्रमा राखिएको छ । बाँकी रहेका अन्नपूर्ण, माछापुच्छे«,रुपा गाउँपालिकामा पनि चट्याङसहित यस्तै प्रकोपको जोखिम रहेको र त्यसलाई पूर्वतयारी र प्रतिकार्यबाट रोक्नुपर्ने निश्कर्ष निकालिएको छ । तर, पूर्वतयारीको हकमा चाहिँ प्रशासन सधैँ चुकेको देखिन्छ । पोखरा १९, पुरन्चौरमा नै जोखिममा रहेको बस्तीबाट मानिसलाई सुरक्षित ठाउँमा लैजान सकेको भए क्षति कम हुने सोझै अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->