शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

स्थापना दिवसमा कपडा तथा फेन्सी व्यवसायीद्वारा शैक्षिक सामग्री वितरण

स्थापना दिवसमा कपडा तथा फेन्सी व्यवसायीद्वारा शैक्षिक सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • असार ३० २०८१, शनिबार

बागलुङ/कपडा तथा फेन्सी व्यावसायी समिति बागलुङले १७ औ स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । समितिले रामरेखा आधारभुत विद्यालयमा अध्यनरत सम्पुर्ण विद्यार्थीलाई कापी कलम लगायतका शैक्षिक सामग्री वितरण गरी स्थापना दिवस मनाएको हो ।
शैक्षिक सामग्री उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य युवराज राजभण्डारी र कपडा तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष दल बहादुर कार्की ‘डिबी’ले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसी र प्रधानाध्यापक सिर्जना पौडेललाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य युवराज राजभण्डारी, उद्योग बाणिज्य सघंका सदस्य बिष्णु अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसी, प्रधानाध्यापक सिर्जना पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाको गतिविधिबारे निवर्तमान अध्यक्ष रामचन्द्र शर्माले प्रकाश पारेका थिए । कार्यक्रम समितिका अध्यक्ष दल बहादुर कार्की ‘डिबी’को अध्यक्षता, सदस्य करुणा खड्काको स्वागत र सचिव प्रेमलाल गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->