बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

त्रिशुलीमा बेपत्ता बस र यात्रुहरूको ४० किलोमिटर टाढासम्म खोजी गरिदै

त्रिशुलीमा बेपत्ता बस र यात्रुहरूको ४० किलोमिटर टाढासम्म खोजी गरिदै


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०८१, आइतबार

चितवन / त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको घटनास्थलबाट ४० किलोमिटर तल गोलाघाटसम्म खोजी गरिने भएको छ । सशस्त्रको नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौजले घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्‍याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीकार्यको लागि परिचालन भइसकेको छ ।

अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरुको प्रयोग गर्दा समेत बेपत्ताहरुको खोजीकार्य गर्न असहज भएको छ । शनिबार बेपत्ता भएका बसमा सवार तीन जनाको शव फेला परेको थियो । तर, बस अझै भेटिएका छैनन् ।

वर्षासँगै आएको बाढीले भरतपुर महानगरपालिका-२९ सिमतालमा २८ गते बिहान वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बस बगाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->