पोखरा/ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने ८ जना मन्त्रीहरुको नाम टुंग्याएको छ । टुंगो लागेका मन्त्रीहरुमा विष्णु पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री बन्ने भएका छन । उनी प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा रहनेछन ।
यसैगरी पार्टीका अर्का नेता पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मानवीर राई रक्षामन्त्री, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, विद्या भट्टराई शिक्षामन्त्री, राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहाल भौतिक भौतिक पूर्वाधार मन्त्री बन्ने भएका हुन । अधिकारी र भण्डारी यसअघि पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषद्मा पनि थिए ।





