बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रधानमन्त्री ओली, २ उपप्रधानमन्त्री र १९ मन्त्रीले लिए सपथ

प्रधानमन्त्री ओली, २ उपप्रधानमन्त्री र १९ मन्त्रीले लिए सपथ


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०८१, सोमबार

पोखरा/प्रधानमन्त्री केपी शर्मा ओलीसहित २ उपप्रधानमन्त्री र १९ मन्त्रीले सोमबार सपथ लिएका छन । उपप्रधानमन्त्रीमा कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल रहेका छन । सिंह, सहरी विकास र पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारीसमते सम्हाल्नेछन ।

यसैगरी कांग्रसका नेता रमेश लेखकले गृह मन्त्रालयको जिम्मा पाएका छन् । कांग्रेसकी डा. आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् । एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बनेका छन् । कास्की २ बाट निर्वाचित एमालेकी विद्या भट्टराइ शिक्षा मन्त्री बनेकी छन । यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिहं भण्डारी, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी भएका छन । त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जिम्मेवारी सम्हालेका छन । प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, डा बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->