बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

साउन ११ गतेबाट हलहरुमा ‘ईश्वर’

साउन ११ गतेबाट हलहरुमा ‘ईश्वर’


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८१, मंगलबार

पोखरा/साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे निर्माता हरि थापाले ईश्वर सामाजिक कथामा आधारित भएको बताए ।
‘ईश्वर समाजको कथा हो । समाजमा भएका वेथितिविरुद्धको आवाज ईश्वरले बोल्छ । प्रहरी प्रशासनमा देखिएका समस्यालाई उजागर गर्ने पात्रको भूमिकालाई प्रस्तुत गरएको छ,’ उनले भने ।
कलाकार माओत्से गुरुङले अन्याय र अत्याचारकोविरुद्धमा लाग्ने प्रहरीको विषयमा सिनेमाको कथा घुमेको बताए । सिनेमामा उनी भूपूूआर्मीको भूमिकामा देखिएका छन् ।
नायिका कृष्टी गुुरुङले ईश्वर आफ्ना लागि सिनेमा क्षेत्रमा कडीको रुपमा साबित हुने बताइन् ।
दिव्याकंगना फिल्मको प्रस्तुतीमा निर्माण भएको सिनेमाको पत्रकार सम्मेलन चपस कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सह—सचिव शंकर तिवारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->