आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई लायन्सको सहयोग

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई लायन्सको सहयोग


  • ढोरपाटन संवाददाता
  • साउन २ २०८१, बुधबार

पोखरा/लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम भण्डारी, अनिसा बाँस्तोला र हीरा नेपालीको परिवारलाई सहयोग गरिएको हो । तीनै जनाको परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
डिष्ट्रिक्ट गभर्नर मिलन थापासहितको टोलीले मंगलबार मृतकका परिवारसँग भेटघाट गरेर सो रकम हस्तान्तरण गरेका हुन् ।
डिष्ट्रिक्ट गभर्नर थापासँगै पूर्व डिष्ट्रिक्ट गभर्नर ध्रुव थापा, असिष्टेन्ट चीफ एडभाइजर सन्तोष घिमिरे, एरिया चिफ सूर्य बराल, डिजास्टर चिफ उर्मिला श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका ७ का वडाध्यक्ष खड्कसिंह थापा, एरिया ट्रेजरर जयराम आचार्य, जोन चेयर पर्सन महेश्वर रिमाल, लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीका अध्यक्ष चित्र गुरुङ, टोल अध्यक्ष खिमलाल गिरी लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको असिस्टेन्ट चिफ एडभाइजर सन्तोष घिमिरेले जानकारी दिए ।
असार २२ गते शनिबार दिउँसो सवा ३ बजे शुक्लागण्डकी ७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा पहिरो खसेको थियो । पहिरो खसेपछि सामान निकाल्न जाने क्रममा तीन जना बेपत्ता भएका थिए । बेपत्ता भएका एक जनाको सोही दिनमा फेला परेको थियो भने भोलिपल्ट बिहान थप दुई जनाको शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->