काठमाडौं / मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक र आर्थिक सल्लाहकार नियुक्त गरेको छ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
रिमाल यसअघिका कार्यकालमा पनि ओलीका राजनीतिक सल्लाहकार थिए। खतिवडा २०७४ सालमा बनेको मन्त्रिपरिषदमा अर्थमन्त्री थिए।
त्यसपछि उनी अमेरिकाका लागि राजदूत पनि नियुक्त भएका थिए। उनी नेपाल राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि भइसकेका छन्।
प्रधानमन्त्री ओलिको प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य यसअघि नै नियुक्त भइसकेका छन्।





