बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

माटोको ढिस्कोले पुरिएर मुस्ताङमा दुई मजदुरको मृत्यु

माटोको ढिस्कोले पुरिएर मुस्ताङमा दुई मजदुरको मृत्यु


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८१, शुक्रबार

मुस्ताङ/नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब १ बजेको समयमा घरपझोङ गाउँपालिका–५ ढुम्बास्थित कुछप तेरङ्गा गुम्बा परिसरमा नाली खन्ने क्रममा अचानक माथिबाट माटो खसेको हो ।
माटोको ढिस्कोले पुरिँदा सर्लाही लालबन्दी नगरपालिका–१५, का अन्दाजी २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका–१,का अन्दाजी २३ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । डोजर प्रयोग गरी ढिस्को पन्छाएर दुई जनाको शव बाहिर निकालिएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->