बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यामन्दिरमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन

विद्यामन्दिरमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०८१, शनिबार

तस्बिर : कृष्ण संयोग/ढोरपाटन
बागलुङ/जिल्लाको विद्यामन्दिर माध्यमिक विद्यालयमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन भएको छ । नेदरल्याण्डको स्टिचिङ नेपाल र धौलागिरि एकीकृत ग्रामिण विकास केन्द्र डिआइआरडिसी बागलुङको सहयोगमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन भएको हो ।
कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सनि केसी (लक्ष्मण) ले गरेका थिए । कार्यक्रममा डिआइआरडिसी बागलुङका हेल्थ असिस्टेन्ट चन्दन शर्मा र विद्यामन्दिर माविका स्टाफ नर्स सविता ज्ञावलीले टुथपेष्ट र ब्रसको प्रयोग तथा दाँत र मुखको सरसफाईबारे सहजीकरण गरेका थिए ।
विद्यालयको शिशुदेखि कक्षा १२ सम्मका १ हजार ३ सयभन्दा बढी विद्यार्थीहरुलाई टुथपेष्ट र ब्रस वितरण गरिएको थियो भने कक्षा २ सम्मका विद्यार्थीहरुलाई दैनिक रुपमा विद्यालयमा नै दाँत र मुखको सरसफाई गर्नका लागि व्यवस्था मिलाइएको डिआइआरडिसीका परियोजना व्यवस्थापक शालिग्राम शर्माले जानकारी दिए ।
शर्माले विद्यार्थीहरुलाई वर्षभरी आवश्यक पर्ने टुथ पेष्ट र ब्रस उपलब्ध गराउने र आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुलाल शाक्य र बानपा ३ का वडा सदस्य नगेन्द्रबहादुर केसीले बोलेका थिए ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीको अध्यक्षता, विद्यालयका नर्स सविता ज्ञवालीको स्वागत र शिक्षक थानेन्द्र गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->