बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अरुण थापा सांगीतिक साँझ सम्पन्न

अरुण थापा सांगीतिक साँझ सम्पन्न


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार

बागलुङ/स्वर्गिय गायक अरुण थापामगरको २५ औं स्मृति दिवश बागलुङ मनाइएको छ । नेपाल मगर विद्यार्थी संघको आयोजनामा भएको सांगीतिक साँझमा विभिन्न कलाकारले स्वर्गिय अरुण थापाका गीत गाएका थिए ।
शनिबार साँझ भएको सांगीतिक कार्यक्रममा चर्चित गायक शुभराम भारी, प्रेम बुढामगर, रमेश राजभण्डारी, सागर सुनार, किसोर छन्त्याल लगायतले स्वर्गिय अरुण थापाको स्वरले सजिएका गीतहरु गाएका हुन् ।
२००९ सालमा जन्मेका गायक थापाको ४७ वर्षको उमेरमा क्यान्सर रोगले मृत्यु भएको थियो । अन्तरजातीय बिबाह गरेको कारण परिवारले स्वीकार नगरेको, घरबार बिग्रेको, दोश्रो बिवाह गरेकी पत्निले छाडेर गएपछि उनी बिरक्तिएका थिए । उनका अधिकांस गीतहरु बिरहका छन् ।
बिबिसीले गरेको सर्भेक्षणमा पनि अरुण थापाका गीत विश्वभरका गायकको तुलनामा उत्कृष्ठ १० मध्ये सातौं नम्बरमा परेका थिए । हरेक बर्ष विभिन्न संस्थाले अरुण थापा स्मृति साँझ आयोजना गर्छन् । बागलुङमा पनि दशकदेखि सांगीतिक साँझ आयोजना हुँदै आएको छ । शनिबारको कार्यक्रम नेपाल मगर विद्यार्थी संघका कार्यवहाक अध्यक्ष डम्बर बुढामगरको अध्यक्षता र पत्रकार संगम घर्तीमगरको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->