बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ मत

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ मत


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार

तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत पाएका छन् । प्रधानमन्त्री नियुक्त भएको एक सातामै ओलीले आइतबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाएका हुन् ।
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथिको लामो छलफलपछि निर्णयार्थ प्रस्तुत हुँदा कुल उपस्थित २ सय ६३ सांसद संख्यामध्ये ओलीको पक्षमा १ सय ८८ र विपक्षमा ७४ मत परेको हो । एक जना सदस्य भने तटस्थ बसे ।
सभामुख देवराज घिमिरेले विपक्षमा मत दिनेभन्दा प्रधानमन्त्रीको पक्षमा मतदान गर्नेको संख्या बढी भएको भन्दै सदनबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा (एमाले), जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->