बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सिजि नेटमा वाईफाई–६ उपकरण सहितको सेवा

सिजि नेटमा वाईफाई–६ उपकरण सहितको सेवा


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार

पोखरा / सुलभ र गुणस्तरीय इन्टरनेट सेवाप्रदायक सिजि नेटले उच्चगतिको अत्याधुनिक वाईफाई–६ उपकरण सहितको सेवा घोषणा गरेको छ ।

विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा भन्दा बढी उच्चगतिका साथ एकै पटकमा १५ देखि २० जनासम्म प्रयोगकर्तालाई सुरक्षाको हिसाबले कम जोखिम र उच्चगतिको इन्टरनेट सेवा प्रवाह क्षमताका साथै अन्य थप आकर्षक विशेषता भएको यो प्रविधिले ग्राहकको सुरक्षित र उच्चगतिको इन्टरनेट चलाउने चाहनालाई सम्बोधन गर्ने कम्पनीले बताएको छ छ ।

सुलभ मुल्यमा उच्च गुणस्तरीय इन्टरनेट सेवाप्रदान गरिरहेको सिजिनेटले हाललाई यो प्रविधि र सेवा काठमाडौँ उपत्यका बाहिरका आफ्नो सेवा बिस्तार भएका स्थानहरुमा उपलब्ध गराउनेछ ।

आफ्ना विद्यमान ३५० एमविपीएस भन्दा कम गतिको इन्टरनेट सेवा लिइरहेका ग्राहकलाई ३५० एमविपीएस गतिको इन्टरनेट सेवा लिन चाहेको खण्डमा साउन ११ गते सम्मको लागि निशुल्क यो प्रविधि उपलब्ध गराउने घोषणा गरेको छ । कम्पनीले बाँकी ग्राहकहरुको लागि ६६६ एमबिपिएस इन्टरनेटको बार्षिक रु.१९,४४९ र ६६७ एमबिपिएस इन्टरनेट र आईपी टिभीको रु.२३,७०१ तिरेर जडान गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->