बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रेवान पोखराद्वारा आयोजित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न

रेवान पोखराद्वारा आयोजित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: 32768; cct_value: 6666; AI_Scene: (-1, -1); aec_lux: 61.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 37;

पोखरा/  रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा संचालित पाँच दिने एडभान्स वेकरी तालिम आइतबार सम्पन्न भएको छ ।
पम नेदरल्याण्डको समन्वय एवम् नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टमा कार्यरत कुकहरुलाई उक्त तालिम प्रदान गरिएको हो । समापन समारोहमा कलेजका अध्यक्ष अशोक पालिखेले पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकलाई गुणस्तरीय स्वाद र आतिथ्यताका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । उनले जति धेरै तालिम दिन सकियो उत्तिनै दक्ष जनशक्ति उत्पादन हुने र त्यसको फाइदा पोखराको पर्यटनले लिन सक्ने बताए । उनले पाँच दशक अगाडि पाउरोटीको स्वाद आफुले लिएको स्मरण गर्दै अहिले अन्तराष्ट्रिय स्तरका वेकरीलाई सहजै उत्पादन गरेर पाहुना माझ पुर्याउन अवसरहरु मिलेको बबताउँदै तालिमको महत्वमा जोड दिए ।

तालिममा सहभागी तारा श्रेष्ठ आफ्नो अनुभव राख्दैतालिमले आफुहरुको क्षमतामा निखारसँगै गुणस्तरीय वेकरी आइटम बनाउने नयाँ तरिका बारे जानकारी लिन सफल भएको बताए । तालिमले आउने दिनमा व्यवसायिकरूपमा अघि बढ्न थप सहयोग पुग्ने उनको भनाइ थियो ।
अर्का सहभागी सृजना अधिकारीले तालिमका व्यावहारिक पक्ष र प्राविधिक ज्ञानले आफूलाई बेकरी उत्पादनमा आत्मविश्वास बढाएको धारणा राखिन् ।

नेदरल्याण्डका वेकरी प्रशिक्षक सोड जलेमाले नेपाल आएर आफ्नो ज्ञान बाड्न पाएकोमा खुशी व्यक्त गरे । उनले बेकरी तालिमका सहभागीको सक्रियताले आफुलाई सिकाउन आनन्द लागेको बताउँदै यस प्रकारको तालिमले स्थानीय व्यवसायलाई मात्र नभइ समग्र पर्यटन क्षेत्रले नै लाभ लिन सक्ने बताए । तालिमका संयोजक वसन्त गौतमले लेकसाइडका रेष्टुरेण्डको सेवालाई गुणस्तरीय बनाउन हाइजनिक र स्वादिलो बेकरी उत्पादनको आवश्यकतालाइ ध्यान दिदै तालिम प्रदान गरिएको जानकारी दिए । उनले तालिमको उद्देश्य अन्तर्राष्ट्रिय स्तरको ज्ञान र प्रविधि प्रदान गरेर गुणस्तरीय व्यवसायमा जोड दिनुका साथैदक्ष जनशक्ति उत्पादन गर्ने रहेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै व्यवसायिकतामा जोड दिनुपर्ने बताइन । उनले हरेक क्षेत्रमा दक्ष जनशक्ति खाँचो औल्याउँदै बेकरीसम्बन्धि एडभान्स तालिमले स्थानीय व्यवसायको प्रोत्साहन र रोजगारीको सिर्जना हुने विश्वास व्यक्त गरिन् ।

समापन समारोहका सभाध्यक्ष एवम रेवानका नि. अध्यक्ष लक्ष्मण बरालले रेवानले गुणस्तरीय वेकरी उत्पादनका लागि निरन्तर दक्ष जनशक्ति जोड दिएर विभिन्न तालिमहरु प्रदान गर्दै आएको बताए । उनले अहिले पनि लेकसाइडका रेष्टुरेण्टहरुमा गुणस्तरीय वेकरी उत्पादनका लागि दक्ष जनशक्तिको अभाव भइरहेको जनाउँदै यस तालिमले त्यो आवश्यकता पूर्ति गर्न थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । रेवानका महासचिव विकास भटराईले पोखराको पर्यटन प्रवद्र्धनमा रेवान लामो समयदेखि सक्रिय रहेको जनाउँदै यस्ता तालिम निरन्तर गर्ने बताए । उनका अनुसार तालिममा १९ जनाका सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->