बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रहरी हुँ भनी धम्क्याएर रकम माग्ने पक्राउ

प्रहरी हुँ भनी धम्क्याएर रकम माग्ने पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०८१, सोमबार

पोखरा/ ह्वाट्सएप तथा टेलिग्रामद्वारा विभिन्न व्यक्तिलाई सम्पर्क गरी आफु प्रहरी भएको र केही काम छ भने गरिदिन्छू भन्दै सर्वसाधारणसंग रकम मागेको आरोपमा पोखरा–१६ बाटुलेचौरका २१ वर्षीय सुजीत क्षेत्री पक्राउ परेका छन ।

“म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईहरुको केही काम छ भने भन्नुहोस गरिदिन्छु” भन्ने र सर्वसाधरण संग रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति आइतबार उनलाई लामाचौरबाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । क्षेत्रीबिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->