पोखरा/असार २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एउटा मुद्धा पुग्यो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) राजेन्द्र कुमार श्रेष्ठले लेकसाइड क्षेत्रमा संचालित रात्रीकालिन व्यावसायीबाट प्रहरीको जनशक्ति नै दुरुपयोग गरेर महिनावारी शुल्क उठाउँदै आरोप लगाउँदै मुद्धा पुग्यो ।
मुद्धामा उनले मासिक ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म बुझाउने गरेको आरोप लगाइयो । त्यतिमात्रै होइन पैसा माग्ने उद्देश्यले डिएसपी श्रेष्ठले क्लब, डान्सबार, दोहोरीको गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यावसायीमाथि कारबाहीको नाटक गर्दै आएको आरोप समेल लाग्यो । यो मुद्धाले अहिले डिएसपी श्रेष्ठ प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा भए ।
घटना यतिमै सिमित छैन् । उनी सुरुवा भएपछि पोखरा पर्यटन परिषदले परिषदमा आबद्ध कुनै पनि पर्यटन व्यावसायीबाट प्रहरीले रकम लिने नगरेको र उजुरी व्यक्तिगत रिसिईबीको आधारमा हालेको हुन सक्ने स्पष्ट पारेको छ । पोखराका पर्यटन व्यावसायीहरु भनि अख्तियारमा दिएको उजुरीमा एकको मात्र हस्ताक्षर छ । उक्त उजुरीमा डिएसपी श्रेष्ठले नेपाल प्रहरीका प्रमुख आइजी बसन्त कुँवरलाई २० लाख रुपैयाँ बुझाएर बैदाम सरुवा भएर आएको दाबी गर्दै दुवैलाई बयान लिई कारबाहि गर्न भनेको छ ।
परिषदमा आबद्ध १४ संस्थासँगै अन्य दुई संस्थाको समेत आधिकारि व्यक्तिको हस्ताक्षर रहेको पत्रमा भने प्रहरीसँग रिस साध्न अमुक व्यक्तिले उजुरी दिएको तर, पर्यटन व्यवसायीले उजुरी नदिएको बताइएको छ । पत्रमा भनिएको छ, ‘लाभका लागी वा व्यक्तिगत रिस साँध्नका लागी अमुर्त श्रोत देखाएर नेपाल सरकारका विभिन्न निकायमा विभिन्न व्यक्तिहरुकों बारेमा निवेदन पर्ने गरेको पनि सुन्नमा आएको छ । केही दिन पहिले वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरक्षिक राजेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीसंग घुस मागेको भनेर पर्यटन व्यवसायीको तर्फबाट आवेदन परेको भन्ने विषयले गम्भिर बनायो । हालसम्म यस्तो प्रकारको अनियमिताको विषयमा पोखरा पर्यटन परिषद वा यसमा आवद्ध कुनै पनि संस्थामा कुनै पनि सदस्य व्यवसायीले गुनासो नगरेको कुरा प्रस्ट पार्न चाहन्छौं ।’
घटनाको मुख्य जरो भने क्लब सिक्सटिनसँग जोडिएको छ । असार १४ गते राती (अख्तियारमा परेको उजुरीपत्रमा लेखिएको) क्लब सिक्सटिनमा झगडा भयो । आयुष थापालाई सिक्सटिनका बाउन्सरद्धय रिजन गौतम र विवेक गुरुङले कुटपिट गरे । कुटपिट गरेकै आधारमा उनीहरु १७ गते पक्राउ परे । तर, प्रहरीको रेकर्डमा भने उक्त घटना १५ गते बिहान सात बजे घटेको भनिएको छ । आयुषको आमा हिरा थापाले १८ गते जाहेरी दिएपछि भने विवाद चुलिएको हो । यस अघि क्लब सिक्सटिनमात्र नभई लेकसाइडका क्लबहरुमा बाउन्सरले सेवाग्राहीलाई कुट्ने गरेको घटना क्लबभित्र नै लुकाइन्थ्यो । सिक्सटिनको यो मात्र एक घटना होइन त्यहाँ यस्ता कयौं घटना घटिसकेका छन् ।
नाइट क्लब, डान्स बार, डिस्कोका कारण स्थानीयसँगै पर्यटक तथा प्रहरी समेत हैरानीमा छन् । उसो त महिनामा दुइ चारवटा लेकसाइड क्षेत्रमा विहानको समयमा सवारी दुर्घटना समेत हुँदै आइरहेको छ र कारण भने मापसे रहेको भेटिएको छ ।
प्रहरी विरुद्धको जाहेरीमा पर्यटन परिषदमा आबद्ध संस्थाको भने असन्तुष्टि रहेको छ । रात्रीकालिन व्यवसाय संचालन गर्नेले ४२ बुँदामा समेटिएका शर्तहरु अनिवार्य रुपले पाल गर्ने गरी व्यवसाय खोल्न पाउने भनी राजधानी घोषणाकै क्रममा समेटिएको बिषयलाई आत्मसाथ गरेको स्विकारेपनि परिस्थिति सोचे अनुसार अनुसाशित हुन नसकेको बताएको छ । रातभरी ती नाइट क्लब, डिस्को, बारका कारण पर्यटक एवम् स्थानिय नागरिकहरुले सुत्न, आराम पढ्न र सुरक्षित रुपले आफ्नै निवासमा बस्न पनि नपाउने अवस्था सृजना भएको उल्लेख छ । रात्रीकालिन व्यवसाय सञ्चालनका मापदण्डको पालना नभएको समेत बताइएको छ ।
परिषद्ले पर्यटकहरुको मुख्य आवास क्षेत्रको रुपमा रहेको पोखरा महानगरपालिका वडा नम्बर ६ मा बिग्रदै गएको शान्ती सुरक्षा र कोलाहलपूर्ण अवस्थाको अन्त्यका लागी रात्रीकालिन व्यवसाय खुल्ला गर्ने समयमा आवश्यक परिवर्तन गर्न माग समेत गरेको छ ।
उता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापासँग डिएसपीको विषयमा प्रश्न गर्दा आफुहरुलाई आधिकारिक जानकारी कहिबाट पनि नआएको बताए ।








