पोखरा/लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ एम, क्लस्टर १ अन्तर्गत पर्ने क्लवहरुले सेवाको कार्यलाई निरन्तरता दिएका छन । क्लस्टर १ अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेसनले क्लवका पुर्व अध्यक्ष रामप्रसाद तिमिल्सिनाको जन्मदिनको अवसरमा क्लवका सदस्य एव शुभचिन्तकहरुको उपस्थिति एव सहयोगमा ब्याज रकमबाट विपन्नतामा परेका र बिपदमा परेका दुइ जनालाई सहयोग गर्ने गरी २ लाख २२ हजार २ सय २२ रुपैयाँको अक्षयकोष निर्माण गरेको छ ।
क्लबका अध्यक्ष खेमराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सिग्नेचर प्रोजेक्ट एक्सपर्ट शारादामोहन काफ्ले, क्लस्टर १ का क्लस्टर चिफ लक्ष्मण तिमिल्सिना, रिजन १ का रिजन चियर पर्सन लक्ष्मी कोइराला, जोन चेयर पर्सन सम्झना रानाभाट, पुर्व अध्यक्ष रामप्रसाद तिमिल्सिना, सन्तोष शर्मा, कार्यक्रम संयोजक राजु पौडेल लगाएतको बिशेष उपस्थितिमा कोष घोषणा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन क्लवका सचिव छवि पनेरुले गरेका थिए ।
क्लस्टर एक अन्तर्गत पर्ने लायन्स क्लव अफ राइजिंग स्टारको आयोजनामा कास्कीको मादीमा पहिरोमा परेका पिडितहरुलाई खाद्यान्न वितरण सम्पन्न भएको छ ।्र राहत हस्तान्तरण कार्यक्रम क्लवका अध्यक्ष थमन सिह गुरुङको अध्यक्षतामा, एव डिस्ट्रिक ३२५ एमका फर्स्ट भाइस गभर्नर धनीराम बरालको प्रमुख आतिथ्यता, रिजन चेयर पर्सन फणिन्द्रराज शर्माको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । कायक्रममा पिडितहरुलाई खाद्यान्न सहायता संगै मादी गाउँपालिका ११ तल्लो सापले निवासी पहीरोपिडित ओमबहादुर गुरुङलाइ ५० हजार ५ सय ५५ रुपैया आर्थीक सहयोग गरीएको जोन चेयर पर्सन रामचन्द्र पौडेल रामुले जानकारी दिए ।
बिरौटा साझा चौतारीको आयोजनामा पोखरा १७ हरीहर मन्दीरमा खाद्यान्न एव पानी वितरण गरीएको छ । क्लवका अध्यक्ष मेनका पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रीक ३२५ एम का सिग्नेचर प्रोजेक्ट चिफ कुलचन्द्र शर्मा ,क्लवका पुर्व अध्यक्ष दुर्गा आचार्य, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी एव पदाधिकारीहरुको उपस्थिति रहेको थियो । लायन्स क्लव अफ कालिका भ्यु टाउनको आयोजनामा पोखरा २८ मा ५३ वटा विरुवा रोप्नुको साथै गोडमेल कार्य गरीएको छ । क्लवका अध्यक्ष इश्वर अधिकारीको अध्यक्षतामा एव डिस्ट्रिक सेक्रेटरी शिवराज आचार्यको प्रमुख आतिथ्यता, क्लस्टर १ का क्लस्टर प्रमुख लक्ष्मण तिमिल्सिनाको बिशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा रिजन चेयर पर्सन युवराज पौडेल ,जोन ६ का जोन चेयर पर्सन श्याम प्रसाद तिमिल्सिना ,क्लवका पुर्व अध्यक्षहरुको उपस्थिति थियो ।





