बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चुनावी वाचा पाँच वर्षभित्र पुरा गर्ने प्रतिवद्धता

चुनावी वाचा पाँच वर्षभित्र पुरा गर्ने प्रतिवद्धता


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८१, बुधबार

पोखरा/पोखरा महानगरपालिका वडा नं २४ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा पाँचै जना जनप्रतिनिधिहरुले चुनावीताका गरेका वाचालाई पाँच वर्ष भित्र पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । दुई वर्षभित्र ४० प्रतिसतको हाराहारीमा काम भएको जानकारी दिदै वडा वासीलाई नआत्तिन पनि उनिहरुको अनुरोध थियो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको भन्दै आउँदो वर्ष भित्र पामेवाट कास्कीकोट जाने वाटो पुरा गर्ने पनि उनिहरुको भनाई थियो । खानेपानी समस्या समाधानका लागि लौरुक लिफ्टिङ्ग योजनाको काम अगाडी वढेको भन्दै वहु वर्षिय आयोजनाको रुपमा दुई वर्ष भित्र पूरा गर्ने पनि बताए ।
कास्कीकोटदेखि पामे क्षेत्रको पनि अधिकतम भूभाग समेटिएकाले वडा कार्यालयमा हुने काम कार्वाहीमा समस्या परेको भन्दै वडाको भूभागवाटै वडा कार्यालयमा जाने कनेक्टिङ्ग रोड छिट्टै पूरा गर्ने पनि उनिहरुको भनाई थियो । अहिले २४ नम्मर वडाकै लौरुक तथा पामे एरियाका नागरिकलाई वडाको काम गर्नजानु परेमा ५ वटा वडा कार्यालयको भूभाग घुमेर जानु पर्ने वाध्यता छ ।
कार्यक्रममा कास्कीकोटका स्थानीय बासिन्दा, वडाभित्रका संघसंस्थाका प्रतिनिधिहरू, तथा सरकारी अधिकारीहरू समेत गरि १ सय ५० भन्दा बढीको कार्यक्रममा पोखरा २४ का अध्यक्ष भरतबहादुर अधिकारीले आर्थिक वर्षको विभिन्न परियोजनाहरू, खर्चको विवरण तथा आगामी योजनाहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्य कृष्णप्रसाद सुवेदीले वडावासी नागरिकले मात्र नभई राजनीतिक दलका नेताहरुले पनि वडाको काममा चासो राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->