पाेखरा/ सौर्य एअरलाइन्सको काठमाडौंदेखि पोखरामा नियमित उडान नरहेको पोखरा अन्तराष्ट्रिय बिमानस्थलले जनाएको छ । बिमानस्थलका अनुसार बुधवार विहान ११ बजे त्रिभूवन विमानस्थलमा दुर्घटनामा परेको जहाज मर्मतका लागि पोखरा आउदै थियो ।
उक्त एअरलाईन्सले २४ जुलाईदेखि जहाज राख्न भन्दै पोखरा बिमानस्थललाई पत्राचार गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार विमानस्थलको ह्यांगरमा राखेर जहाज मर्मतका लागि सौर्यले निवेदन दिएको हो । ‘सौर्यको पोखरामा नियमित उडान छैन’ उनले भनिन, ‘जहाज राख्न निवेदन दिएको थियो । आजै जहाज आउने तालिका थियो ।’ दुर्घटनाग्रस्त जहाजमा १९ जना सवार रहेकाे खुलेकाे छ । यात्रुमा चालक दल र मर्मत दलका सदस्यहरुमात्रै हुन की अरु यात्रु पनि रहेका छन भन्ने खुलेकाे छैन ।





