बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आँखा परिक्षण शिविरबाट २५३ जना लाभान्वित

आँखा परिक्षण शिविरबाट २५३ जना लाभान्वित


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८१, बुधबार

बागलुङ/श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुँडुलेफेदीका संस्थापक दिवंगत स्वामी श्रीधराचार्यको जन्मोत्सवअन्र्तगत बुधबार सम्पन्न निशुल्क आँखा शिविरबाट २ सय ५३ जना लाभान्वित भएका छन् ।
श्रीधराचार्य औषधालयको आयोजना तथा नेपाल नेत्र ज्योति संघ धौलागिरी आँखा अस्पतालको प्राविधिक सहयोगमा मुक्तिनारायण मन्दिरमा निशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरिएको हो ।
शिविरमा नेत्र सहायक डा. सविना पौडेल लगायतको टोलीले आँखा परिक्षण गरेको थियो । परिक्षण गरिएकामध्ये १५ जनामा मोतियाबिन्दुको समस्या देखिएकाले शल्यक्रियाका लागि धौलागिरी आँखा अस्पताल उपल्लाचौरमा बोलाईएको डा. पौडेलले बताइन् ।
शिविरमा २ सय बढीलाई निशुल्क चस्मा समेत वितरण गरिएको नेपाल नेत्र ज्योती संघ बागलुङका अध्यक्ष विन्दुसागर राजभण्डारीले जानकारी दिए । शिविरको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले धर्म, संस्कृति र पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा स्वामी श्रीधराचार्यको योगदान सदैव स्मरणयोग्य रहेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा लक्ष्मीहरि मन्दिर पर्वत सहर्षधाराका अध्यक्ष श्री १ हजार ८ स्वामी नारायण प्रपन्नाचार्य उपाध्याय, रामानुज आश्रम पाल्पाका मठाधिश स्वामी डा. केशव प्रपन्नाचार्य, नेपाल नेत्र ज्योती संघका केन्द्रिय सचिव तथा वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।
स्वामी श्रीधराचार्यको नाममा गत वर्षदेखी संचालित औषधालयले नियमित रुपमा मन्दिरमा आउने भक्तजन तथा स्थानीयलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । कार्यक्रम श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरका अध्यक्ष तथा शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता र उपाध्यक्ष हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->