बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अनलाइन ठगीमा ठग पहिचान गर्नै मुस्किल

अनलाइन ठगीमा ठग पहिचान गर्नै मुस्किल

अनलाइन ठगीमा व्यक्ति पहिचान गर्न प्रहरीलाई निकै मुस्किल हुने गरेको छ


  • विजय नेपाली
  • साउन १० २०८१, बिहिबार

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीमा गत वर्ष बैंकिङ कसुर सम्बन्धी सात सय ९८ मुद्धा दर्ता भए । उक्त मुद्धा अनलाइन ठगी, चेक बाउन्स तथा सहकारी ठगी समेतको हो । बैंकिङ कसुर सम्बन्धि ठगीमा सबैभन्दा बढी अनलाइन ठगीका मुद्धा रहेका छन् । अनलाइन ठगी मुद्धा प्रहरीका लागि समेत सामान्य छैन् ।
आर्थिक वर्ष ०८०/०८१ मा सात सय ५१ वटा निवेदन अनलाइनबाट ठगीको छ । बाकीँ सात वटा भने सहकारी ठगीका मुद्धा छन् । अनलाइनबाट आठ करोड, ७९ लाख ८३ हजार नौ सय ४७ रुपैयाँ ठगीएका छन् । अनलाइनबाट ठगीनेमा पुरुषको संख्या बढी छ । चार सय ७३ पुरुष, दुई सय ४९ महिला, १७ बालक र १२ बालिका रहेका छन् ।
वर्षेनी अनलाइन ठगीका घटना हुँदै गर्दा प्रहरीका लागि भने यो निकै चुनौतीको विषय बनिरहेको छ । विभिन्न प्रलोभनमा परी र छलकपटमा परि व्यक्तिले आफ्नो खाता सम्बन्धि गोप्य विवरण दोस्रो व्यक्तिलाई दिदाँ र ह्याकरले चलाखीपूर्ण तरिकाले ह्याक गरिदिदाँ घटना बढ्न थालेको हो ।
गत शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनको आयोजना गर्दै एसपी मोहन कुमार थापाले कास्की प्रहरीमा आव ०८०/०८१ मा भए गरेको गतिविधिको सार्वजानिक गरेको थियो । सोही क्रममा उनले अनलाइन ठगीमा व्यक्ति पहिचान गर्नै मुस्किल भएको बताएका थिए । कास्की प्रहरीमा दर्ता भएकामध्ये सबैभन्दा बढी बंैकिङ कसुरका घटना रहेको उनी बताउँछन् । कास्कीमा एक वर्षमा दुई हजार एक सय ३४ घटना दर्ता हुँदा ३७.४० प्रतिशत बैंकिङ कसुरका घटना छन् ।
अनलाइन ठगीमा व्यक्ति पहिचान गर्न प्रहरीलाई निकै मुस्किल हुने गरेको छ यसको कारण हो व्यक्तिको बैंक खाता ह्याक हुनु हो । त्यतिमात्र होइन् डिजिटल वालेटमा अन्य व्यक्तिको नागरीकताको प्रयोग हुदाँ यसले पनि अनुसन्धानलाई मुस्किल बनाइरहेको छ । ठगहरुले ईशेवा, खल्ती जस्ता डिजिटल माध्ययममा अन्य व्यक्तिलाई झुक्याई नागरीकताको दुरुपायोग, अनलाइन ठगी हुँदा छोटो समयमै ३÷४ वटा बैंक खातामा ट्रान्सफर हुँदा समेत ठगको पहिचान हुन कठिन भइरहेको एसपी थापाले बताए । ‘अनलाइन ठगीमा व्यक्ति पहिचान गर्नै मुस्किल भइरहेको छ । प्रायजसो बैंक खाता अन्य व्यक्तिले ह्या गरी चलाएको पाइएको छ’ थापाले भने, ‘डिजिटल वालेटको सवालमा चाँहि अन्य व्यक्तिको नागरीकताको दुरुपयोग गरेको भेटिएको छ यसले गर्दा पहिचान गर्न कठिन हुँदै आएको छ ।’
यस्तै साइबर सम्बन्धी अपराध सम्बन्धि नौ सय ३९ निवेदन परे । जसमा महिलाको संख्या पाँच सय १० रहँदा पुरुष चार सय एक, बालक नौ र बालिका १९ छन् । कास्की प्रहरीले ५७ मुद्धाको समाधान गर्दा आठ सय २४ मुद्धा केन्द्रमा पुगेको छ भने ५१ मुद्धा बाँकी छन् ।
साइबर सम्बन्धी अपराध जिल्ला प्रहरी कार्यालयबाटै हेर्न थालेपछि कास्कीमा सात वटा मुद्धा दर्ता भएका छन् । कास्की प्रहरीको तथ्यांक अनुसार साइबर अपराध सम्बन्धी सबैभन्दा बढी मुघा फेसबुक आइडी ह्या रहेको छ । त्यो संगगंगै फेक आइडी बनाई अश्लिल म्याचेज गर्ने, फोटो पठाउने लगायतको कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->