बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८१, बिहिबार

पोखरा / केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधार बदली हुँदा वाग्मती र गण्डकी  प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी  वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->