बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाढी प्रभावितलाई ट्याक्सी सेवा केन्द्रको राहत

बाढी प्रभावितलाई ट्याक्सी सेवा केन्द्रको राहत


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८१, बिहिबार

पोखरा/सेती नदीमा आएको वाढीले बास नै बगाइदिएपछि बिचल्लीमा परेका परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल ट्याक्सी सेवा केन्द्रले बुधबार पोखरा–१४ गस्ती टोलका ११ परिबारलाई खाद्य सामग्री वितरण गरेको हो ।

उक्त टोलका ३९ घर गत असर महिनाको २२ गते सेती नदीमा आएको वाढीले बगाइदिएको थियो । वाढीबाट विस्थापित ३९परिवारलाई उक्त वस्ती निजकको चौरमा पाल लगाएर अस्थाई बसोबासको व्यवस्था मिलाइएको छ । केन्द्रले बुधबार विहान वाढी प्रभावित ११ परिवारलाई दाल चामल लगायतका खाद्य सामग्री वितरण गरेको छ ।

खाद्य सामग्री वितरण गर्दै पोखरा महानगरपालिका वडा नं १४ वडाध्यक्ष वोधबहादुर कार्कीले दुःखमा परेका परिवारलाई मानवीय सेवा गर्नु नै मानव कतव्य भएको बताउँदै अन्य विस्थापित परिवालाई पनि राहत सामग्रहीको आवश्यकता परेको बताउनुभयो ।

वास नै भत्केर विचल्लिमा परेका परिवारलाई सार्वजनिक जग्गामा वासको व्यवस्था गर्न पोखरा महानगरपालिका कार्यालय र अन्य सहयोगी संस्थामने सहयोग आवश्यक परेको बताउनुभयो । वडा कार्यालयले मात्र उनीहरुलाई व्यवस्थापन गर्न नसक्ने अवस्था भएकाले सहयोगी हातहरु आवश्यक परेको भनाइ वडाध्यक्ष कार्कीको छ ।

दुःखमा परेका परिवारलाई केही मात्रामा भएपनि सहयोग गर्ने उद्देश्यले विमानस्थलमा आवद्ध ट्याक्सी चालकबाट सहयोग रकम उठाएर पचास हजार रुपैयाँ बरावरको खाद्य सामग्री ११ परिवारलाई वितरण गरिएको जानकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी सेवा केन्द्रका अध्यक्ष केन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

‘राहत सामग्री विभिन्न संस्थाले गरेका छन्, हामीलाई त बासको चिन्ता छ, वाढी प्रभावित निग्मा शेर्पाले भन्नुभयो–वर्षाको समयमा त्रिपालमुनी कति समय सुत्ने हो, वर्षादको पानी सुत्ने बिस्तारा भरी भरिन्छ ।’ यि परिवार मात्र हैन पोखराको सेती किनारमा बसोवास गर्ने पाँच सय भन्दा वढी परिवार सेती वाढीको जोखिममा रहेको जानकारी वडाध्यक्ष बोधबहादुर कार्कीले दिनुभयो ।

खाद्य सामग्री वितरण कार्यक्रममा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ खड्ग विश्वकर्मा, व्यवसायीहरु विजय मल्ल, नेत्र बहादुर विश्वकर्मा, जीत परियार, हरि पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->