बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सडक र हवाई दुर्घटनाप्रति होटल संघ पोखरा नेपालद्वारा दुःख व्यक्त

सडक र हवाई दुर्घटनाप्रति होटल संघ पोखरा नेपालद्वारा दुःख व्यक्त


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८१, बिहिबार

पोखरा/ पछिल्ला दिनहरुमा नेपालमा भएका सवारी र हवाई दुर्घटना तथा प्राकृतिक विपत्तीमा परी दर्जनौं व्यक्तिहरुले ज्यान गुमाएको घटनाप्रति होटल संघ पोखरा नेपालले दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले विहीबार जारी गरेको विज्ञप्तिमा गत २८ असारको विहान नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका– २९ सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशुली नदीमा बग्दा भएको धनजनको क्षतिले संघ मर्माहत भएको उल्लेख छ ।

यसैगरी श्रावण ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको घटना समेत उत्तिकै दुःखदायी भएको संघले जनाएको छ । बर्खा लागेसँगै कास्की लगायत नेपालका विभिन्न जिल्लामा भएका प्राकृतिक विपत्ती तथा बाढी र पहिरोमा परी थुप्रैको ज्यान जाँदा संघ स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘उल्लेखित सबै खालका घटना र दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति संघ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छ । घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको यथोचित उपचारका लागि संघ सरकारसँग अनुरोध गर्न चाहन्छ । साथै, दुर्घटना र विपत्तीका क्रममा वेपत्ता भएकाहरुको खोजी कार्यलाई निरन्तरता दिन समेत सरकारसँग संघ अपिल गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

भविश्यमा हुनसक्ने यसप्रकारका घटना, दुर्घटना तथा विपत्तीलाई ख्याल गर्दै उद्धार संयन्त्र, उपकरण र सूचना प्रणालीलाई चुस्त र दुरुस्त राख्न समेत संघले सरकारको ध्यानाकर्षण गराएको छ । स्थल, जल होस् वा हवाई सबै मार्गमा संचालन हुने यातायात साधन, तिनको सेवा र सुरक्षा व्यवस्थालाई ख्याल गरेर अगाडि बढ्ने वातावरणका लागि समेत सरकार तथा निजी क्षेत्रसँग संघले अनुरोध गरेको छ । यसप्रकारका घटना तथा दुर्घटनाबाट पर्यटन लगायत अन्य क्षेत्र समेत प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित हुने विषय स्मरण गराउँदै संघले भविश्यमा हुन सक्ने घटना, दुर्घटना तथा विपत्तीको पूर्व तयारीमा सचेत रहन सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->