बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाल आइडल ५ का विजेता करण परियारको पोखरा लाइभ कन्सर्ट हुने

नेपाल आइडल ५ का विजेता करण परियारको पोखरा लाइभ कन्सर्ट हुने


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८१, बिहिबार

पोखरा/ नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पोखरा लाइभ कन्सर्ट हुने भएको छ । साउन ११ गते शुक्रबार पोखराको लेकसाइडस्थित प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा कन्सर्ट हुन लागेको हो ।

परियारलाई द व्याण्डका साथै सुनिल बस्याल र सञ्जित सेवानले साथ दिने छन् । नेपाल आइडलको विजेता बनेपछि उनी लाइभ कन्सर्टका लागि पोखरामा पहिलो पटक आउन लागेका हुन् ।नेपाल आइडलमा निकै रुचाएका परियार आइडल पछि विभिन्न गीत निकाली सकेका छन् । उनले आफ्ना नयाँ गीत र चर्चित पुराना गीतहरु प्रस्तुत गर्ने बारका म्यानेजर हरि पौडेलले बताए । बर्दियाको पदनामा जन्मिएका करण नेपाल आइडलमा सहभागी हुदा देखी नै धेरैले मनपराएका गायक थिए । संगीत सिकेको सात महिनामा संगीत सिकाउने गुरुको सल्लाहामा नेपाल आइडल सिजन– ५ मा सहभागी भएका थिए । उनले समय यो फर्काउनु छ, मैले सम्झने मान्छे, लर्के जोवन, बैना जोवन लगाएतका गीत रेकर्ड भैसकेका छन् । अहिले उनलाई भ्याइनभ्याइ छ । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण बारमा रहेको म्यानेजर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->