बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उपचारका लागि गण्डकीका मुख्यमन्त्री पाण्डे भारत जाँदै, थापा कार्यवाहक मुख्यमन्त्री

उपचारका लागि गण्डकीका मुख्यमन्त्री पाण्डे भारत जाँदै, थापा कार्यवाहक मुख्यमन्त्री


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८१, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारत जाने भएपछि सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन । मन्त्री थापा मन्त्रीपरिषद्मा दोस्रो बरियतामा छन ।

मुख्यमन्त्री पाण्डे घुँडाको उपचारका लागि शनिबार भारतको राजधानी दिल्ली जाने क्रममा शुक्रबार काठमाडौं गएका छन । घुँडामा समस्या बल्झिएपछि पाण्डे उपचारका लागि नयाँदिल्ली जान लागेको उनका प्रेस संयोजक नरहरी सापकोटाले बताए । ‘पहिला पनि भारतमै घुँडाको उपचार गर्नु भएको हो, अहिले फेरी समस्या देखिएपछि उपचारका लागि जानु भएको हो’ उनले भने, ‘मुख्यमन्त्रीको अनुपस्थितिमा प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मन्त्री बिन्दुकुमार थापाले जिम्मेवारी सम्हाल्नु हुनेछ ।’

मुख्यमन्त्री पाण्डेको भारत यात्राले गण्डकीमा सरकार पुनर्गठनमा केही समय ढिलाई हुने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->