काठमाडौं / नेपाल नवीकरणीय उर्जा परिसंघको अध्यक्षमा उर्जा व्यवसायी कुशल गुरुङ चयन भएका छन् । परिसंघको शुक्रवार ललितपुरमा समपन्न सातौं बार्षिक साधारणसभाले गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
परिसंघको निवर्तमान अध्यक्षमा गुणराज ढकाल, उपाध्यक्षमा केशवराज खनाल, महासचिवमा ऋषवराज आचार्य, सचिवमा तेजनारायण ठाकुर, कोषाध्यक्षमा कृष्ण प्रसाद पराजुली र सदस्यहरुमा हरिनारायण गौतम, प्रकाश लामिछाने, एव वहादुर मगर, गोकुल गौतम, अर्चना सिंह रहेका छन् ।
अध्यक्ष गुरुङले स्वच्छ उर्जाको लागि नविकरणीय उर्जाको प्रवद्र्धन अनिवार्य भएको वताए । कार्वन उत्सर्जन कम गर्नका लागि पनि नविकरणीय उर्जाको उपयोग बढाउनुपर्ने वताउदै अध्यक्ष गुरुङले त्यसका लागि नयाँ टीम सवैसंग सहकार्य गर्दै अगाडि बढ्ने वताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष गुणराज ढकालले नविकरणीय उर्जाको क्षेत्र फराकिलो भएको उल्लेख गर्दै यसका लागि नयाँ टीम आफ्नो स्वार्थलाई त्यागेर खट्न र जुट्न पर्ने आवश्यकता रहेका बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रा.डा. जगन्नाथ मास्केले विश्व नै नविकरणीय उर्जामा लागेकोले नेपालमा यसको महत्व झन थपिएको वताए । त्यसका लागि सरकारी नीति निर्माणमा परिसंघले पैरवी गर्नुपर्ने अवस्था आएको वताए ।
कार्यक्रमको सञ्चालन निवर्तमान कोषाध्यक्ष हस्त पण्डितले गरेका थिए । सो अवसरमा शेखर अर्याल लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको अवसरमा परिसंघले उर्जा क्षेत्रमा उल्लेखनिय योगदान दिएका विभिन्न ब्यक्तीहरुलाई सम्मान गरेको थियो ।





