बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सबैभन्दा भरोसायोग्य र राजनीतिक स्थायीत्वको लागि कांग्रेस एमालेबीच गठबन्धन– मन्त्री गुरुङ

सबैभन्दा भरोसायोग्य र राजनीतिक स्थायीत्वको लागि कांग्रेस एमालेबीच गठबन्धन– मन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८१, शनिबार

पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले सबैभन्दा भरोसायोग्य र राजनीतिक स्थायीत्वको लागि एउटा सन्देश दिन अहिलेको गठबन्धनको सरकार बनेको बताएका छन । यसअघि पहिलो र तेस्रो पार्टीबीच, दोस्रो र तेस्रो पार्टीबीच पटकपटक गठबन्धन भए पनि स्थायित्व दिन नसकेको प्रसंग उल्लेख गर्दै उनले कांग्रेस–एमाले बीचको गठबन्धन अन्तिम बिकल्प रहेको बताए ।

‘अहिलेको अवस्थामा सबैभन्दा उपयुक्त बिकल्प कांग्रेस र एमाले बिचको गठबन्धन नै हो’ पत्रकार महासंघ कास्कीको पत्रकार भेटघाटमा शनिवार मन्त्री गुरुङले भने, ‘स्थायीत्वको हिसावले, राष्ट्रिय समस्या समाधानको हिसावले, अवरुद्ध बिकास निर्माणको काम अघि बढाउने हिसावले, जर्जर बनेको अर्थतन्त्रलाई सुधार्ने हिसावले र सुशासनका अभियानलाई अघि बढाउन अहिलेको गठबन्धन बनेको हो ।’

मुलधारका पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउँदा प्रतिपक्ष कमजोर हुन्छ, सत्तापक्ष निरकुंश हुदै जाने र लोकतन्त्र खतरामा पर्छ भन्ने भनाई केबल आलोचनामात्रै रहेको उनलेब बताए । २०४८ सालदेखि यताका निर्वाचनमा २०६४ बाहेकमा कहिले एमाले त कहिले कांग्रेस पहिलो पार्टी बन्दै आएको भन्दै उनले मुलुकमा आमुल परिवर्तनका बेला आफुहरु मिलेको उनको भनाई छ । ‘२०४६को परिवर्तनमा हामी मिल्यौ । २०६२/२०६३ मा कांग्रेस र एमाले मिलेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको र संविधान सभाबाट संविधान बनाउन पनि एमाले कांग्रेस एकै ठाउँमा उभिएको र अहिले चौथो पटक पनि संगै मिलेर अघि बढ्न खोजिएको हो । सत्तापक्ष निरकुंश हुन्छ भनेर आरोप लगाउनेले यी कामलाई पनि हेर्न आग्रह गर्छु ।’

अहिलेको गठबन्धनका अगाडि अस्थिर राजनीतिलाई स्थिरता दिने, अर्थतन्त्र, कुटनीति, बिकास निर्माणले गति दिने व्यापक संभावना रहेको उनले औल्याए । साथै संविधानमाथि उठेका प्रश्न र भइरहेको आक्रमणलाई संरक्षण गर्ने र सही कार्यान्वयन गर्ने आवस्यक परेमा संविधानमा देखिएका कमीकमजोरीका विषयमा संसोधनसमेत गर्न सकिने उनले बताए । झन्डै २ तिहाई नजिकको सरकार रहेको र यसले हामीले चाहेमा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण विषयहरु निर्माण गर्न र संविधान संसोधन गर्न सक्ने भएकाले यो महत्वपूर्ण रहेको उनको जिकिर थियो । संविधान संसोधनको ढोका खुलेको भए पनि के के विषयमा संसोधन गर्ने भन्ने यकिन नभएको र प्रतिपक्षको पनि साथ सहयोग चाहिने उनले बताए ।
यसअघिका गठबन्धन असफल भएकाले अहिलेको गठबन्धन अन्तिम बिकल्पका रुपमा भएकाले असफल हुने छुट नरहेको उनले बताए । अव पनि दायित्व पुरा गर्न नसके वा यो गठबन्धन असफल भएमा मुल धारका राजीतिक पार्टीहरु अव पुराना भइसकेछन । अयोग्य भएछन भन्ने सन्देश जाने भएकाले असफल हुने छुट नरहेको उनको भनाई थियो । ‘संविधान र संघीयतामाथि जे प्रश्न उठेका छन व्यवहारबाट जवाफ दिने हो । संघीयता अपरिहार्य छ । संसोधनगर्नुपर्ने कुरा भए संसोधन गरौला । लोकतन्त्रको सुदृढिकरणका लाग संघीयता आवस्यक छ । नमिलेका कुरा मिलाउन तयार भएरै गठबन्धनमा गएका हौ’ उनले भने । यो सरकारले फरक ढंगले काम गर्नुपर्ने भन्दै उनले शासकीय क्षेत्रमा नया बिचार शैलीको बिकास गर्ने, । अहिलेको शैली परिवर्तन गरी सुशासन कायम गनुपर्नेमा लागिपरेको बताए ।

सुशासन, आर्थिक समृद्धि, गरिवी निवारण, रोजगारी सिर्जना गर्नुपर्ने र त्यो भन्दा पनि ठूलो जनतामा रहेको निराशालाई चिर्दै ६ महिनाभित्र काम, आचरण र व्यवहारका माध्ययमबाट केही न केही परिवर्तनको आशा देखाउनु पर्ने उनले बताए । ‘अव सरकोले केही न केही गर्छ, सरकार छ भन्ने अनुभूति दिलाउनु पर्नेछ, आयाराम गयाराम होइन’ उनले भने, ‘एक महिनाभित्र हामीले मन्त्रालयमा कुनै न कुनै भिन्नता देखाउने छौ । ६ महिनाभित्र जनतालाई अव केही हुन्छ भन्ने ढुक्क बनाउनु पर्ने छ ।’  उनले आफ्नो मन्त्रालयका पुराना नीतिको परिमार्जन गर्दै नयाँ नीति निर्माण गर्ने र सुशासनमा चलेको मन्त्रालय बनाउने योजना सुनाए । डिजीटल नेपाल बनाउने योजना रहेको उनले बताए ।

उनले प्रदेशलाई कसरी प्रभावकारी बनाउने भन्नेतर्फ ध्यान नदिएको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्रीको आलोचना गरे । आर्थिक लगायत अधिकार स्थापित गर्नेतर्फ भन्दा पनि को मुख्यमन्त्री, मन्त्री बन्ने भन्नेतर्फ प्रदेश केन्द्रीत भएकाले प्रदेश सरकारहरु जटील मोडमा पुगेको गण्डकी प्रदेशका संस्थाक मुख्यमन्त्रीसमेत रहेका गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->