लेखनाथ/कास्की नेत्रहिन संघको अग्रसरताका स्थापनागरिएको समदृष्टि वचततथा ऋण सहकारी सस्थाको शनिबार सम्पन्न १३ औं बार्षिक साधारण सभातथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ समिति चयन गरेको छ ।
२०६८ सालमा दृष्टि सम्वन्धि अपाङ्गता भएका ब्यक्तिहरुकै पहलमा स्थापना गरिएको सहकारीको सातौं अधिवेशनले लक्ष्मण सुवेदीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्वत रुपमा गठन भएको समितिको उपाध्यक्षमा दण्डपाणि ढकाल, सचिवमा छविलाल आले, सह–सचिवमा रीता केसी, कोषाध्यक्षमा सुसिल गोदार र सदस्यहरुमा पुष्पराज रिमाल, प्रमोद दाहाल, सुस्मिता थापा र सुनिता ज्ञवालीलाई चयन गरेकोे हो ।
यसैगरि नवगठित समितको लेखा समिति संयोजकमा शिशिर खनाल र सदस्यहरुमा अमृत वराल र सानुमाया पौडेल रहेकी छन् ।





