बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आन्दोलनरत यातायात व्यवसायी र गण्डकी सरकारबीच सहमति, आन्दोलन फिर्ता

आन्दोलनरत यातायात व्यवसायी र गण्डकी सरकारबीच सहमति, आन्दोलन फिर्ता


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०८१, आइतबार

पोखरा / गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच आईतवार साँझ सहमति भएको छ । सहमती भएसँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरुले आइतबार दिनभर सार्वजनिक यातायात सेवा अवरुद्ध गरेका थिए ।

दिउँसो भएको वार्तामा व्यवसायीहरूको मागका समबन्धमा अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा बनेको समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि समेत छन् ।

सो समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिनेछ ।

यस्तो छ सहमती:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->