बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा स्कुल बस दुर्घटना: एक विद्यार्थी र कार्यालय सहयोगीको मृत्यु, २८ जना घाइते (नामावलीसहित)

पोखरा स्कुल बस दुर्घटना: एक विद्यार्थी र कार्यालय सहयोगीको मृत्यु, २८ जना घाइते (नामावलीसहित)


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८१, सोमबार

पोखरा / पोखरामा भएको स्कुल बस दुर्घटनामा एक बिद्यार्थी र अर्की एक कार्यालय सहयोगी गरी दुइ जनाकाे मृत्यु भएकाे छ । मृतकमा पाेखरा–२१ रामदीका ६ वर्षीय प्रिन्स बिक र विद्यालयकी कार्यालय सहयाेगी रामदीकी ३३ वर्षीया आरती बिक रहेका छन । उनीहरु आमा छोरा हुन । दुवै जनाकाे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ विद्यार्थीसहित २८ जना घाइते भएका छन ।

पोखराको बिरौटास्थित एलपी देवकोटा मेमोरियल ईङलिस बोर्डिङ स्कुलको ग१क ६२१९ नम्बरको बस सोमबार बिहान ८ बजेर ५५ मिनेटको समयमा पोखरा–२१ रामदीबाट बिरौटा फर्किने क्रममा पोखरा–२१ गुड्कुस्थित भित्री सडक खण्डमा सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो । बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार थिए । घाइतेमध्ये  १३ जनाको गण्डकी मेडिकल कलेजमा, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

घाइतेको विवरण यसप्रकार छ :

गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरु:
१) जिल्ला कास्की पोखरा –२१ कृष्ती बस्ने वर्ष ९ को अनमोल बिक, अबस्था मध्यम ।
२) ऐऐ बस्ने बर्ष ५ को रोशन बराल, अबस्था मध्यम ।
३) ऐऐ रामदी बस्ने बर्ष १४ को दिप्सन कार्की, अबस्था मध्यम ।
४) ऐऐ बस्ने बर्ष ६ को योना गुरुङ, अबस्था मध्यम ।
५) ऐऐ बस्ने बर्ष १३ की डिना गुरुङ, अबस्था सामान्य ।
६) ऐऐ बस्ने बर्ष १५ की प्रकृती कार्की, अबस्था मध्यम ।
७) ऐऐ एकहाते बस्ने बर्ष ६ को प्रिन्स राना, अबस्था सामान्य ।
८) ऐऐ रामदी बस्ने बर्ष ७ की चिजा बिक, अबस्था सामन्य ।
९) ऐऐ बस्ने बर्ष ९ को प्रवेश कार्की, अबस्था मध्यम ।
१०)ऐऐ बस्ने बर्ष १२ की विसिका पौडेल, अबस्था मध्यम ।
११) ऐऐ बस्ने बर्ष ११ को बिश्वास पौडेल, अबस्था सामान्य ।
१२) ऐऐ एकहाते बस्ने बर्ष १२ की सिम्रन बिक, अबस्था मध्यम ।
१३) ऐऐ रामदी बस्ने बर्ष ११ को विवश खत्री, अबस्था मध्यम ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत घाईतेहरु :

१) जिल्ला कास्की पोखरा–२१ बस्ने बर्ष ८ की अनन्या पौडेल, अबस्था मध्यम ।
२) ऐऐ बस्ने बर्ष ३ की सिमन मगर, अबस्था मध्यम ।
३) ऐऐ बस्ने बर्ष ३ को न्युजन मगर, अबस्था मध्यम ।
४) ऐऐ बस्ने बर्ष ७ को रिजन मगर, अबस्था मध्यम ।
५) ऐऐ बस्ने बर्ष १२ को रामकृष्ण नेपाली, अबस्था मध्यम ।
६) ऐऐ बस्ने बर्ष २ को अंकित खत्री, अबस्था मध्यम ।
७) ऐऐ बस्ने बर्ष १४ की सितादेवी बि।क।, अबस्था मध्यम (निज छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी)
८) ऐऐ बस्ने बर्ष ७ को अस्मित बि।क।, अबस्था मध्यम ।
९) ऐऐ बस्ने बर्ष ३० की सुमित्रा सुनार, अबस्था मध्यम ( नीज बच्चाको फि तिर्न आएकी अविभावक)
१०)ऐऐ बस्ने बर्ष २ को निर्दोष सुनार, अबस्था मध्यम ।
११) ऐऐ बस्ने बर्ष ३० की सपना आले, अबस्था मध्यम, ( शिक्षक)
१२) ऐऐ बस्ने बर्ष ११ को निश्चल सुनार, अबस्था मध्यम ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरु:
१) जिल्ला कास्की पोखरा–१७ बिरौटा बस्ने बर्ष ५५ को टेक बहादुर भुजेल, अबस्था मध्यम, (बस चालक)
२) ऐऐ २१ रामदी बस्ने बर्ष ८ को निशान सुनार, अबस्था समान्य ।
३) ऐऐ बस्ने बर्ष ५ को सागर थापा, अबस्था मध्यम ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->