बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कटहर काटेर जन्मदिन

कटहर काटेर जन्मदिन


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८१, सोमबार

पोखरा/ जन्मदिन कसरी मनाइन्छ ? कम्तीमा साथीभाई, परिवारजन जम्मा भएर केक काटेर सबैले भन्ने उत्तर यही हुन्छ । कतिपयले त होटल तथा पार्टी प्यालेसमा गएर भोजभतेर पनि लगाएको देखिन्छ ।

तर यहाँ केकको साटो कटहर काटेर जन्मदिन मनाइएको छ । साउनको महिना रुख कटहरको सिजन भएकाले पनि केकको सट्टामा कटहर भए जस्तै नेपालको परिवेसमा पाईने सिजन अनुसारको फलफुलको प्रयोग गरेर पनि जन्मदिन मनाउन सकिने दरिलो उदाहरण दिएका छन् लायन्स क्लव अफ पोखरा सिभिकका दितिय उपाध्यक्ष गणेश पराजुलीले ।

लायन्स क्लव अफ पोखरा सिभिकको नियमित वैठकमा पराजुलीको जन्मोत्सब परेकाले क्लवका अन्य साथीहरुले कटरको बन्दोवस्त गरेर उनका सामु कटहर राखेपछि पराजुली पनि खुसी हुदै कटहर काटेर आफना साथीभाईलाई खुवाउदाको माहोल रोचक र समाजका लागि उदाहरणी समेत बनेको छ ।

क्लबका अध्यक्ष विकासप्रसाद कडेलको अध्यक्षतामा भएको कार्यक्रममा कलवका सचिव हरिप्रसाद अधिकारी क्लवका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, कलवका पूर्व अध्यक्ष युवराज खनालले केकको सट्टा कटहर काटेर जन्मोत्सव मनाउदा समाजका लागि सकरात्मक सन्देश गएको वताएका थिए ।

जन्मोत्सवलाई केही फरक गर्ने सोचले अध्यक्ष विकासप्रसाद कडेलले केक भन्दा कटर काटी कलवका उपाध्यक्ष गणेश पराजुलीलको जन्मोत्सव मनाउदा राम्रो भएको र पछिल्लो समय केक बनाउँदा वढी केमिकल, रंग र गुलियो पदाथले स्वास्थ्यमा असर पर्ने भएकाले नयाँ विधी अपनाईएको अध्यक्ष कडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->